17th October | 2018 | Wednesday | 5:23:02 PM

कस्ता महिलाबाट पुरुष बढी आकर्षित हुन्छन् ?

  POSTED ON : Saturday, 03 March, 2018 (4:23:03 PM)

कस्ता महिलाबाट पुरुष बढी आकर्षित हुन्छन् ?

काठमाडौं । एक अध्ययनले महिला तथा पुरुषको सेक्स अपिल तथा कामुकतामा वृद्धि गर्ने केही पक्षहरुको खुलासा गरेको छ । वैज्ञानिक आधारसहितका यी तत्वहरुले कामुकतामा वृद्धि गर्ने र विपरित लिंगीलाई बढि आकर्षित गर्ने शोधकर्ताहरुको दाबी छ । 


महिला तथा पुरुष दुबैको कामुकता वा सेक्स अपिलमा वृद्धि गर्ने तरिका । 


 १. रातो पहिरन : सेक्स अपिल बढाउने तत्वहरुमध्ये सबैभन्दा शक्तिशाली तत्व रातो पहिरन हो । अमेरिकाको रोचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार खासगरी रातो पहिरनमा सजिएका युवतीहरुप्रति तन्नेरीहरु बढि आकर्षित हुन्छन् । रातो पहिरनले महिलाहरुमा कामुकता र सेक्स अपिल बढाएको हुन्छ जुन महिलाहरु स्वयंलाई ज्ञात नहुन सक्छ ।


२. गोलो तथा गुलाबी ओँठ :  म्यानचेष्टर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार गोलाकार ओँठ भएका र अझ लाली लगाएका महिलाहरु पुरुषको आकर्षणको केन्द्र बन्दछन् ।


 ३. कालो तथा खैरो कपाल  : कालो तथा खैरो कपालले पनि युवायुवतीमा सेक्स अपिल बढाउने अध्ययनको निष्कर्ष छ । फिक्का रङको कपाल भन्दा कालो खैरो कपाल भएका युवतीमा युवकहरुको आँखा बढि पर्दछ ।


४. लामा पाखुरा :  पाखुरा लामो हुनुपनि कामुकतामा वृद्धि हुनु हो । लामा खुट्टा भएका भन्दा लामा पाखुरा भएका युवतीहरुप्रति युवकहरु बढि आकषिर्त हुने गरेका छन् ।


 ५. मन्द मुस्कान :  अट्टहास हाँसो तथा सधै हँसिमजाक गरेर मुख च्यातिरहने भन्दा मन्द मुस्कान छर्ने युवा युवतीप्रति विपरित लिंगीको आकर्षण बढ्छ । एजेन्सी


Views: 6