22nd May | 2018 | Tuesday | 6:38:40 PM

बार्षिक रुपमा कति पटक सेक्स गर्नुलाई उचित मानिन्छ ?

  POSTED ON : Thursday, 08 March, 2018 (3:44:54 PM)

बार्षिक रुपमा कति पटक सेक्स गर्नुलाई उचित मानिन्छ ?

काठमाडौं । मानिसले दिन अथवा हप्ताको कति पटक यौनसम्पर्क राख्नुलाई उचित मानिन्छ भन्ने कुराको कुनै नियम छैन । आ–आफ्नो चाहना र आवश्यकता अनुसार मानिसले सेक्स गर्ने गर्दछन् । 

सेक्स पूर्ण रुपले एकअर्काबीचको सोचमा भर पर्दछ । तर, यो विषयमा भएको एक अध्ययनमा केहि निश्कर्ष निकालिएको छ की उमेर अनुसार मानिसले कति पटकसम्म सेक्स गर्नु उचित तथा लाभप्रद हुन्छ ? किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले गरेको अध्ययन अनुसार वर्षभरिमा कति पटक सेक्स गर्नु उपयुक्त हुन्छ भनेर सार्वजनिक गरेको छ । 

अध्ययनमा १८ देखि २९ वर्षसम्म मानिसले वर्षमा औसत ११२ पटकसम्म यौन सम्पर्क राख्छन् । यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका मानिसले वर्षमा औसत ८६ पटक सेक्स गर्ने गरेको पाइयो भने ४० देखि ४९ वर्ष उमेर समूहका मानिसले वर्षमा ६९ पटक सेक्स गरेको पाइयो ।

अर्को एक तथ्यांकमा ३४ प्रतिशत मानिसले सातामा दुईदेखि तीन पटकसम्म सेक्स गरेको स्विकार गरेका थिए । सात प्रतिशतले सातामा चारदेखि पाँच पटकसम्म सेक्स गर्न चाहन्थे । एजेन्सी