19th October | 2018 | Friday | 9:21:05 PM

चरमसन्तुष्टिका लागि लिंगको महत्व

  POSTED ON : Saturday, 31 March, 2018 (5:08:53 PM)

चरमसन्तुष्टिका लागि लिंगको महत्व

काठमाडौं । यौन जीवनमा लिङ्ग एक विशेष अङ्ग हो र यो अङ्ग मानवशरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्व बढी छ ।

कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुरा उसको शारीरिक पक्षका साथै मानसिक पक्षसँग अन्तरङ्ग सम्बन्ध राख्छ । सामान्यतया उत्तेजित अवस्थामा लिंगको सालाखाला लम्बाइ यस्तै १५ सेन्टिमिटर हुन्छ । 

तर, चरमसुख दिन वा लिन लिंगको आकारको महत्व नहुने चिकित्सकहरुको भनाइ छ । चरमसन्तुष्टि प्राप्तगर्न व्यक्ति पहिले मानसिक रूपमा नै त्यसका लागि तयार हुनु आवश्यक छ र उत्तेजनाका सन्देश उसले शारीरिक रूपमा प्राप्त गर्न बाह्य कुराले सहयोग गर्ने हो । 

सामान्यतया महिला तल र पुरुषमाथि भएर गरिने यौनसम्पर्कमा लिङ्गले भगांकुरलाई घर्षण गर्दैन । यसर्थ चरमसुख प्राप्त गर्न यौनका विभिन्न आसन प्रयोग गर्नु उचित हुन्छ । लिंगको लम्बाइ र मोटाइ भनेको शारीरिक कुरामात्र हो तर यौन सन्तुष्टि भनेको मानसिक र भावनात्मक कुरा हो ।

चिकित्सकका अनुसार लिङ्गको लम्बाइ वा मोटाइ बढाए पनि यसले भगांकुरको घर्षणमा खासै फाइदा पुग्ने होइन बरु त्यसका लागि एकातिर तपाइको लिङ्गभन्दा औंला नै बढी सहयोगी सावित हुनसक्छ भने अर्का्ितर आसन परिवर्तन । महिलाको योनिको भित्री भाग नभै बाहिरी (योनिद्वारनिरको भाग यौन संवेदनशील हुन्छ ।

शिशु जन्मँदा लिङ्ग तन्काएर नाप्दा १ दशमलव ९ सेन्टिमिटर अर्थात् पौने (३/४) इन्चको भएमा शंका गर्नुपर्ने हुन्छ र कारणको खोजिनिती गर्नुपर्छ । यस्तै हजार जनामध्ये ६ जनामा यस्तो स्थिति हुन सक्ने देखिएको छ ।

लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ । एजेन्सी


Views: 6