24th April | 2018 | Tuesday | 4:21:35 AM

प्रथम सम्भोगसँग किन डराउछन् युवती ?

  POSTED ON : Saturday, 14 April, 2018 (5:12:55 PM)

प्रथम सम्भोगसँग किन डराउछन् युवती ?

काठमाडौं । सम्भोगको कल्पना मधुर हुन्छ, साथै अनेकौं किसिमका भयले पनि मनमा डेरा जमाएको हुन्छ । अधिकांश युवतीको मनमा प्रथम सम्भोगका बेला कौमार्य झिल्ली फाट्दा निकै पीडा हुन्छ, धेरै रगत बग्छ, योनी घाउले छियाछिया हुन्छ भन्ने आशंका व्याप्त हुन्छ ।

लाज र संकोच त पहिले नै उनको मनमा हुन्छ । यसरी प्रथम सम्भोगको अवसर आउञ्जेल स्त्रीको मानसिक एवं शारीरिक अवस्था विचित्र हुनपुग्छ । एकातिर यस अवस्थामा मानसिक तनावले मन प्रभावित हुन्छ भने अर्को्तिर प्रथम प्रणय सम्भोगको मधुर कल्पना पनि हुन्छ । पुरुषले प्रथम सम्भोग गर्ने बेला स्त्रीको मन र शरीरका प्रत्येक अंगमा तनाव र मिठास एकै पटक व्याप्त हुन्छ । सम्भोगको प्रमुख अंग योनि, तनावका कारण कहिलेकाही संकुचनको स्थितिमा पुग्छ ।

यसैगरी, योनीमार्ग पनि अत्यन्त साँघुरो हुन्छ । यस अवस्थामा कौमार्य झिल्ली पनि कायम छ र केहीगरी पुरुष, योनिमा आफ्नो लिंग प्रवेश गराउन सफल भयो भने पातलो झिल्ली फाटने पीडासँगै समग्र योनी साँघुरिएकाले थप पीडा पनि महसुस हुनसक्छ । लिंगलाई भित्र धकेल्ने वा सामान्य घर्षणको प्रयासमा योनीको साँघुरो भित्तामा घाउ पनि हुनसक्छ । बढी मात्रामा र ढिलोसम्म रक्तश्राव हुने अवस्था समेत आउनसक्छ ।

कष्टप्रद प्रथम सम्भोगको प्रतिक्रिया स्त्रीको मनमा परेको हुन्छ । यस्तो परिस्थितिका लागि स्त्री र पुरुष दुवै जिम्मेवार हुन्छन् । त्यसमा पनि पुरुष बढी र स्त्री कम । सम्भोगक्रियाको पहल पुरुषद्धारा हुन्छ । योनिमा लिंग प्रवेश गर्न पुरुष नै क्रियाशिल हुनुपर्दछ । यस कारण पुरुषले स्त्रीलाई पीडाको सट्टा आनन्दको अनुभूति हुने हरसम्भव उपायहरु अपनाई सम्भोगक्रिया सम्पादन गर्नुपर्छ । स्त्रीको जिम्मेवारी के हो भने उनीमा रहेका मिथ्या, भ्रम तथा संकोच त्याग गरेर सुविधाजनक तवरबाट पुरुषले सहयोग गरून, स्त्रीले सम्भोगक्रिडाको दौरान आफ्नो मनमा लागेका कुराहरु तथा कति बेला कस्तो महसुस हुँदैछ यसको खुलासा गर्दै प्रथम सम्भोगतर्फ अग्रसर हुन सकुन् । त्यस्तै पुरुषको तर्फबाट ध्यान दिनुपर्ने कुराहरु अझ बढी छन् ।

पीडारहित सफल सम्भोगका लागि पुरुषले प्रेमपूर्ण कुराकानीद्धारा स्त्रीको संकोच तथा डर हटाउनु आवश्यक छ । वार्तालापमैत्री सम्भोग वा यौनसम्बन्धी ज्ञान भए नभएको बुझ्नुपर्छ । यदि उनी यसबारे केही जान्दिनन् भने यौनसम्बन्धी ज्ञानवद्र्धन पुस्तक तथा पत्रपत्रिका पढ्न दिनुपर्छ । यसका साथै अंकमाल, चुम्बन तथा अन्य यौनक्रिडाबाट स्त्रीको मन बहलाउनु पर्दछ । यी यौनक्रिडाले स्त्रीको मन तथा शरीरमा आनन्द एवम् उत्तेजना उत्पन्न भई उनको संकोचमा कमी आउँछ ।

प्रथम सम्भोगका बेला स्त्रीले आफूलाई तनावमुक्त पारेर शरीरलाई सहज अवस्थामा छाडिदिनुपर्छ । यसो गरिएमा लिंगको प्रवेश योनिभित्र सरल रुपमा हुन्छ । योनिमा घाउ हुने सम्भावना पनि हुँदैन । यसरी स्त्रीले प्रथम सम्भोग पीडा भोग्नु पर्दैन । सबै स्त्रीको योनीको बनावट एकसमान हुँदैन । अतः पुरुषले सम्भोगक्रिडाका दौरानमा औंलाबाट छामेर स्त्रीको योनिको बनोट थाहा पाउनुपर्छ । कौमार्य झिल्ली छ वा छैन, छ भने कस्तो किसिमको छ रु यो जानकारी योनीमा लिंग प्रवेश गराउने बेला सहायक हुन्छ । कुनै पनि स्त्रीले रात्री वा दिनको प्रकाशमा प्रथम सम्भोग गराउदा मन पराउँदिनन् ।–एजेन्सी