22nd July | 2018 | Sunday | 11:57:51 PM

कुन समयमा यौनसम्पर्क गर्दा गर्भ रहँदैन ?

  POSTED ON : Saturday, 05 May, 2018 (4:00:23 PM)

कुन समयमा यौनसम्पर्क गर्दा गर्भ रहँदैन ?

काठमाडौं । सामान्यतः महिनावारी शुरु भएको दिन देखि नवौं दिन सम्म यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ । महिलाको योनी भित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ ।

महिनावारी ठीक २८ दिनमा नै नभएर ढिलो चाँडो हुन्छ भने यो फर्मुला काम नगर्न पनि सक्छ । सुरक्षित काललाई नै गर्भ्निरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरूलाई लिएर हिसाब गर्नु पर्छ । सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ ।

महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिन पछि भएको रहेछ भनेः-

२४ १८ . ६ हुन्छ, अर्थात् छैटौं दिन पछि सम्भोग गर्दा गर्भ रहन सक्छ ।


तेस्तै ३१ – ११ . २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहदैन ।

–हेल्थटिप्सबाट


सम्बन्धित सामग्री:

यौन सपना किन देखिन्छ ?

: Tuesday, 10 July, 2018 (9:26:06 PM)