25th June | 2018 | Monday | 9:34:09 PM

स्तन ठूलो देखाउने सजिलो उपाय

  POSTED ON : Tuesday, 05 June, 2018 (6:03:14 PM)

स्तन ठूलो देखाउने सजिलो उपाय

काठमाडौं ।  स्तनको आकारको निर्धारण आन्तरिक रस (हार्मोन) हरूले गर्ने भए पनि व्यायाम तथा पोषणको सकारात्मक प्रभाव पर्छ । 

प्राकृतिक रुपमा स्तनलाई ठूलो बनाउने कुरा अलि गाह्यो छ । कृतिम रुपमा ठूलो बनाउन विभिन्न किसिमको खाने तथा लगाउने हार्मोनयुक्त औषधी वा पम्प बजारमा उपलब्ध भए पनि त्यसको प्रभावकारिता वा विश्वसनीयता विवादग्रस्त नै छ ।

कतिपय विकसित मुलुकमा शल्यक्रिया गरेर स्तनको साइज बढाउने चलन नै चलेको छ । यो निकै खर्चिलो भएको र शल्यक्रिया तथा यसमा प्रयोग गरिने वस्तुहरूको नकारात्मक असर पर्न थालेको देखिएको छ ।

स्तन अरु बाहिरी अंग जस्तो खुला राख्न नपाइने अङ्ग हो । यसको उभारलाई शल्यक्रिया नै नगरी बढी भएजस्तो देखाउन सकिन्छ । थुनचोली (ब्रा) भित्र कपडा, कपास वा यस्तै कुनै वस्तुको प्रयोग गर्नुबाहेक स्तनलाई माथितिर उचाल्न प्रयोग गरिने साधनहरूले स्तनको वास्तविक साइजमा परिवर्तन नगरे पनि देख्दा स्तन ठूलो भएको भान पर्न सक्छ र सुन्दरतामा वृद्धि हुन्छ । यसैगरी स्तनलाई पूरै ढाक्ने साधन पनि प्रयोग गर्न सकिन्छ, जसको मद्दतले स्तन २ साइजसम्म ठूलो भएको भान पार्न सकिन्छ । यसैगरी आफ्नो वक्षस्थलमा उभार ल्याउन बाक्लो तरल सिलिकोन भएका साधनहरू पनि उपलब्ध छन् ।

 ब्राभित्र लगाउन मिल्ने यस्ता साधन प्रयोग गर्दा लुगा बाहिरबाट स्पर्श गर्दासमेत सजिलै वास्तविक स्तन हो–होइन भन्न सकिँदैन । यी साधनको प्रयोगले स्तनको आकारलाई यस्तै १ वा २ साइज बढी बनाउन सकिने भएकाले ब्रा पनि त्यही आकारको लगाउनुपर्ने हुन्छ । –एजेन्सीबाट