23rd July | 2018 | Monday | 6:19:03 AM

कति बर्षको उमेरलाई महिलाको सेक्सी उमेर मानिन्छ ?

  POSTED ON : Saturday, 16 June, 2018 (6:09:38 PM)

कति बर्षको उमेरलाई महिलाको सेक्सी उमेर मानिन्छ ?

हिमालय टाइम्स । यौनावस्थाका महिलाहरु शारीरिक रुपमा आकर्षक हुन्छन् । बयस्क हुँदा उनीहरुको शरीरको बनावट वा अंगमा केही न केही परिवर्तन देखिन्छ । बाह्य वा भित्र प्रजनन् अंगमा बृद्धि भएको हुन्छ ।

प्राय युवतीहरुमा १६–१७ बर्षको हुँदा देखि नै सम्भोगमा कौतुहलता आएपनि २८ बर्षको उमेरलाई सेक्सी उमेर भनिन्छ । 

ब्रिटेनमा गरिएकोएक सर्वेक्षणका अनुसार महिलाको स्वस्थ्य शरीर र यौन मामलामा सक्रिय रहने उमेर २८ बर्षको बताइएको छ । एक स्वास्थ्य कम्पनीले गरेको सर्वेक्षणमा २ हजार महिलालाई आफूलाई सेक्सी भएको कुन उमेरमा अनुभव भयो भनेर सोधिएको थियो ।

उक्त सर्वेको नतिजा ब्रिटेनको अखवार डेली मेलमा प्रकाशित भएको थियो । जसका अनुसार अधिकांश महिलाले २८ बर्षको उमेरमा आफूलाई सेक्सप्रति बढी रुचि र आफू सेक्सी शरीर भएको बताएका थिए । उनीहरुले यो उमेरमा आफू सबैभन्दा बढी सन्तुष्टि र खुशी मिलेको बताएका थिए ।

त्यसैगरी ३२ बर्ष उमेरलाई महिलाले परिवार प्रतिको जिम्मेवारी र आफन्त प्रतिको सहयोगिका रुपमा लिएको बताएका थिए । उक्त सर्वेक्षणमा फरक उमेर समुहका महिलालाई प्रश्न सोधिएको थियो । 

उनीहरु मध्ये लगभग २३ प्रतिशत महिलाले आफ्नो आँखा, २० प्रतिशतले स्तन र १३ प्रतिशतले दिमागलाई आफ्नो आकर्षणको केन्द्र हो भनेका थिए ।

दुई हजार महिलालाई सोधिएको अर्को प्रश्न यदि आफ्नो अंग मध्ये कुन अंग परिवर्तन गर्न चाहाना छ भनेर सोध्दा ४१ प्रतिशत महिलाले सुडौल तिघ्राको चाहना राखेका थिए ।–एजेन्सी

फोटो इन्टरनेट

सम्बन्धित सामग्री:

यौन सपना किन देखिन्छ ?

: Tuesday, 10 July, 2018 (9:26:06 PM)