19th November | 2018 | Monday | 1:25:03 PM

महिलाले किन र कसरी गर्छन् हस्तमैथुन ?

  POSTED ON : Saturday, 07 July, 2018 (6:56:25 PM)

महिलाले किन र कसरी गर्छन् हस्तमैथुन ?

महिलाहरुले आफ्नै भित्री अङ्गहरूका बारेमा स्पस्ट जानकारी पाएका नहुन सक्छन् । केही महिलाहरुले यस बारेमा आधारभूत जानकारी मात्र पाएका हुन्छन् ।महिलाहरूको यौन अङ्ग विशेष गरेर अलि भित्र तिर हुने भएको हुनाले होला कतिपय महिलाहरूले पुरुषको दाँजोमा आफ्ना यौन अङ्गहरूलाई राम्ररी नियालेर हेर्न पाएका हुँदैनन् । 

महिलाहरुले गर्ने हस्तमैथुनको थालनी आफ्नो शरीरबारे, त्यसमा पनि विशेषगरी यौनअङ्गबारे जानकारी पाउने कार्यमा सहयोगी हुन सक्छ। विशेष गरेर किशोरावस्थामा यौन चाहना तीव्र हुँदा हस्तमैथुन यौनेच्छा शान्त पार्ने एक राम्रो विकल्प हो।

महिलाहरूले हस्तमैथुन गर्दैनन् भन्ने ठान्नेहरू पनि छन् तर महिलाहरूले पनि हस्तमैथुन गर्ने गर्छन्। किन्सेले गरेको अध्ययनमा सोधिएकामध्ये ९२ प्रतिशत पुरुषले हस्तमैथुन गरेको कुरा बताएका थिए भने ६२ प्रतिशत महिलाहरूले, तर पछि गरिएका अध्ययनमा ८२ प्रतिशत महिलाले हःतमैथुन गरेको अनुभव भएको बताएको छन्।

महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग ठानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्गहरू पनि यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। जस्तै कि भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगाङ्कुर, स्तन। त्यसदेखि बाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म छालालाई हामीले यौन अङ्गका रूपमा लिने नगरे पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं। जाँध, तिघ्राको भित्री भाग, धाँटी, काखी यौन संवेदनशील हुनसक्छन्। ःपर्शको अनुभूति विभिन्न किसिमको हुन सक्छन् जःतै कि मर्दन, हल्का स्पर्स, सुम्सुम्याइ आदि।

भगाङ्कुर चलाउनु वा यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो। यस्तै ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा यो नै हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। चलाउने वा घर्षण गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सक्नुहुन्छ। पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाहरूले विशेष उत्तेजना प्रदान गर्ने कुराको रूपमा लिएका छन्।

योनिमा केही पसाएर यौन आनन्द लिन सकिन्छ। यसो गर्दा योनिमा पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमा नै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग भने बिर्सनुहुँदैन। यःतो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ। संवेदशिल अंगको मर्दन वा सुम्सुम्याई यौन आनन्द पाउने कुरामा सहायक नै हुन्छन्।

हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ। तनावबाट मुक्त मानिस बढी सकारात्मक रुपमा सिर्जनशील हुन सक्छ। यसरी यौन चाहना शान्त पार्न मद्दत र्पुयाउने भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्।–एजेन्सी


Views: 20