19th November | 2018 | Monday | 12:29:48 PM

यौन क्रियाकलाप र नेपाली महिला

  POSTED ON : Wednesday, 11 July, 2018 (3:46:31 PM)

यौन क्रियाकलाप र नेपाली महिला

काठमाडौं । नेपाली समाज अहिले सम्म पनि सेक्सको मामलामा खुल्न सकेको पाइदैन । इच्छा चाहना अनुसार सेक्स गर्नबाट यहाँको समाजले बर्जित गर्दछ । नेपाली समाजका किशोरीहरुलाई सानैदेखि कुनै न कुनै रूपमा सेक्स खराब कुरा हो भनेर सिकाइएका हुन्छ । विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरूषसँगको सम्बन्ध पाप हो, जस्तो स्कुलिंग किशोरीलाई दिने गरिन्छ । यस्ता कुरा सुन्दा–सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । 

सेक्स भन्नेबित्तिकै नेपालीहरुको मनमा पुरूष लिङ्ग महिलाको योनीमा प्रवेश गराउने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यसभन्दा अघि सेक्सका लागि अनेक सहायक क्रियाकलाप हुन्छन् त्यो कुराको ज्ञान हुनु अपरिहार्य छ ।

नेपाली शिक्षित महिला पनि सेक्सको मामिलामा खुलेर बोल्न सक्दैनन् । आफ्नै श्रीमानसँग पनि नेपाली महिलाले सेक्सको मामिलामा खुल्न नसक्न्नु अर्को दुर्भाग्यनै हो । प्राय नेपाली महिलाहरुले आफ्नो यौन चाहना दबाएर राख्छन् । आफूले चाहे अनुसारको यौनासन, तरिका, ठाँउ भन्दा पनि पार्टनरको इच्छा चाहनालाई प्राथमिकता दिने परिपाटी छ । सेक्स गर्दाका दौरानमा चाहना अनुसारका आसन तथा क्रियाकलापमा महिला नखुल्दा उनिहरुले पाउने जति आनन्द नपाएका हुनसक्छन् । अझैपनि कति महिलाहरू सेक्सका बेला नाङ्गै हुन सक्तैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन्। यसको मूल कारण नै उनीहरुमा सेक्सप्रति भएको वितृष्णा भन्दा पनि श्रीमान प्रतिको लज्जावोध मानिन्छ । जब कि नाङ्गो हुनु सेक्सका लागि अनिवार्यजस्तै हो । जसले चरमसुखमा पुर्याउँछ ।

नेपालका शहरी क्षेत्रमा महिला–पुरुष सेक्समा उदार हुँदैछन्, यससँगै सेक्समा विभिन्न प्रयोग भएको सुन्न पाइन्छ । शहरमा सेक्स टोयका सामग्री बेचविखन हुन थालेका छन् । सेक्सको मामलामा नेपाली समाज केही परिवर्तन त हुन थालेको छ तर, अझैपनि ग्रामीण समाज भने संक्रिण नै छ भन्दा अत्तिसयुक्ति नहोला ।

विदेशमा विशेषगरी शिक्षित जोडीहरू सेक्समा समान सहभागिता खोज्छन् । उनीहरु त्यहि अनुरुपको सेक्समा आनन्द लिन रुचाउँछन् । कुनै पुरूषलाई मुख मैथुन रमाइलो लाग्छ भने त्यहाँ महिलाले पनि आफूलाई त्यही रुपमा आफ्नो सन्तुष्टिको आधार खोज्छिन् । यही कारण महिलाहरु पनि त्यति नै रमाइलो मान्छन् । नेपालमा भने महिलाहरु आफ्नो सन्तुष्टिको अधिकारबारे त्यति सचेत नहुनाले सेक्सको उचित लाभ लिन नसकेको पाइन्छ । –एजेन्सी


Views: 31