11th December | 2018 | Tuesday | 6:37:05 PM

यौन रुचि जगाउन यसो गर्नुस्

  POSTED ON : Saturday, 21 July, 2018 (8:29:52 PM)

यौन रुचि जगाउन यसो गर्नुस्

काठमाडौं । दाम्पत्य जीवन सुखी बनाउन यौनको मुख्य भूमिका हुन्छ तर महिलामा हुने यौनप्रतिको अरुचिले दाम्पत्य जीवनलाई नै जोखिममा पारेको उदाहरण प्रशस्त छन् ।

 यौन अंगमा रक्तसञ्चार कम भए यौन अरुचि हुनसक्छ । मधुमेह र उच्च रक्तचाप जस्ता रोगले रक्तसञ्चारमा कमी ल्याउने गर्छ । 

उमेर पुगेपछि महिनावारी रोकिने, गर्भ्निरोधक पिल्स खाँदा र थाइराइड सम्बन्धी समस्या देखापरेको बेला शरीरमा उत्पन्न हुने हार्मोनले यौन अनिच्छा निम्त्याउँछ । 

डिप्रेसन रोक्ने औषधीको सेवन अथवा किमोथेरापीले पनि अरुचि जाग्न सक्छ । त्यस्तै, गुप्तांगको शल्यक्रिया गर्दा नशा काटिएमा अथवा अनिद्रा र डिप्रेसन भएमा महिलालाई यौनप्रति अरुचि हुनसक्छ ।

शरीरमा यौन उत्तेजना बढाउन एस्ट्रोजन अथवा टेस्टोस्टेरोन हार्मोन आवश्यक हुन्छ । यस्ता हार्मोन बढाउने औषधी सेवन गरेर समस्या समाधान गर्न सकिन्छ । यौनांगमा रक्त सञ्चार बढाउने औषधी पनि बजारमा पाइन्छ । चिकित्सकको सल्लाहमा यस्ता औषधी सेवन गर्न सकिन्छ । यसबाहेक, सेक्स थेरापिस्टको सेवा पनि लिन सकिन्छ । नियमित व्यायाम र सन्तुलित भोजन यौन रुचि जगाउन सहायक हुन्छन् ।–एजेन्सी


Views: 44