17th December | 2018 | Monday | 6:12:49 PM

यस्ता कारणले पर्न सक्छ यौन जीवनमा प्रभाव

  POSTED ON : Thursday, 02 August, 2018 (10:20:38 PM)

यस्ता कारणले पर्न सक्छ यौन जीवनमा प्रभाव

काठमाडौं । मानिसको यौन जीवन उसको जीवनशैलीमा निर्भर गरेको हुन्छ । अझ भन्नुपर्दा उसको खानपान र दैनिक जीवनमा गर्नै पर्ने दैनिकीहरु जस्तो अफिसमा गरिने काम, घर व्यवहारमा गरिने काम धन्दाले उसको जीवनशैलीको निर्धारण हुन्छ ।  जीवनशैली परिवर्तन गर्ने वित्तिकै पहिलो प्रभाव उसको सेक्स लाइफमा परेको हुन्छ ।

आधुनिक जीवनशैली वा सुविधासम्पन्न जीवन, दिनानुदिनको व्यस्तता, शारीरिक श्रमको कमी, जंक फास्टफूड खाना, धुमपान र मद्यपान लगायतले शरीर कमजोर बन्दै गएको हुन सक्छ । शारीरिक थकानले सेक्सप्रति नै अरुचि पैदा हुन पनि सक्छ । त्यसैगरी वातावरणीय प्रभावका कारण मानिसको सेक्स लाइफमा नकारात्मक प्रभाव पारेको हुन्छ । त्यस्तै सावधान नपनाई परस्त्री वा परपुरुषसँग भएको यौन सम्पर्कले यौन रोग जस्ता समस्या उत्पन्न भएका पनि हुन सक्दछन् । जसले सेक्समा अभिरुचि नहुने समस्या सृजना गरेको हुन सक्छ ।

जति तीव्र गतिमा विज्ञानले सुख सुविधा दिएको छ त्यति नै मानिसमा एकोहोरोपन, तनाव, मोटोपन, उच्च रक्तचाप, माइग्रेन, मधुमेह र हृदय रोग जस्ता मानसिक र शारीरिक रोगहरु पनि बढ्दै गएको छ । जसले यौन समस्या निम्त्याएको हुन सक्छ ।–एजेन्सी


Views: 72