19th October | 2018 | Friday | 1:54:46 AM

यौन सन्तुष्टिका लागि यस्ता कुरामा ध्यान दिनु जरुरी हुन्छ

  POSTED ON : Saturday, 04 August, 2018 (2:57:02 PM)

यौन सन्तुष्टिका लागि यस्ता कुरामा ध्यान दिनु जरुरी हुन्छ

काठमाडौं । यौन चाहानाबाट प्राय सबै परिचित नै छौँ । मानिस मात्रै होईन जिब जनावर, पशुपक्षिं देखि सबै जसोलाई यौन चाहाना हुनु सामान्य कुरा हो । तर नजान्दा सेक्समा भरपुर चरम सुख लिन नसकिरहेका थुप्रै घट्ना छन् । सेक्समा भरपुर सन्तुष्टिका लागि मस्तिष्क र शरीरकाबीच तालमेल एकदमै आवश्यक छ ।

यौन सुख चरम अवस्थामा त्यतिबेला पुग्छ, जतिबेला पार्टनरहरुकाबीच शरीर एवं मस्तिष्कमा एक आपसमा एकाकार हुन्छन् । एकको आनन्द अर्कोलाई आनन्द देओस र एकको सन्तुष्टि दोस्रोको चरम सन्तुष्टि बन्न सकोस ।

पहिलो पटक यौन सम्पर्क राख्नु अघि कति समय कुर्दा उपयुक्त हुन्छ भन्ने बारेमा हालै एक अध्ययन गरिएको छ । सोही अध्ययनको परिणाम बारे यहाँ चर्चा गरिएको छ ।

यौन सम्पर्कलाई लिएर हड्बडी वा आतुर हुनु भनेको विकृत मानसिकता हो । लामो समयसम्म सेक्सका लागि कुनै पहल वा तत्परता देखाउन सकिएन भने लजालु मानिसका रुपमा चित्रित हुन सकिन्छ । यसकारण यौन सम्बन्धका लागि उपयुक्त समयमा उपयुक्त कदम चालेमा सम्बन्ध दिगो र आनन्ददायी हुने अध्ययनले देखाएको छ ।

डिआरइडी डट कम अनलाइन मेडिकल कन्सल्टेशन सर्भिसले गरेको सर्वेमा पहिलो पटक यौन सम्पर्क गर्नुभन्दा पहिला जोडीले कति समय कुर्नु पर्ला भन्ने प्रश्न सहभागीलाई सोधेको थियो । अध्ययनको परिणाम यस्तो आएको थियो ।

एक सातादेखि एक महिनासम्मको समय–सर्वेमा सहभागी ५० प्रतिशत दम्पतीले पाटर्नरसँग शारीरिक सम्बन्ध बनाउनका लागि एक सातादेखि एक महिनासम्मको समय लिएको बताएका थिए ।

२ देखि ६ महिना सम्मको प्रतिक्षा –सो सर्वेमा एक हजार अमेरिकन तथा यूरोयीन दम्पती सहभागी भएका थिए । जसमध्ये २१ प्रतिशत सहभागिले पहिलो पटक पाटर्नरसँग यौन सम्पर्कको लागि २ देखि ६ महिनासम्मको समय लागेको बताएका थिए ।

प्रतिक्षाको पीडा– विज्ञहरूका अनुसार यौन सम्पर्कका लागि प्रतिक्षा गर्नुको पीडा र दबाबले दम्पतीमा धेरैहदसम्म असर गरिरहेको हुन्छ । किनभने एउटाका लागि सही मानिएको निर्णय अर्कोको लागि सही नहुन सक्छ ।

यौन सम्पर्कका लागि आर्दश समय–विज्ञहरूका अनुसार यौनसम्पर्क दुवै जनाको पूर्ण फैसलामा निर्भर रहने गर्छ । तर, शारीरिक सम्बन्ध बनाउनु भन्दा पहिला महिला र पुरुष दुबैले केही समय लिएर एक अर्कालाई बुझेर मात्र सम्बन्ध बनाए राम्रो मानिन्छ । तर यो पनि सबैको हकमा लागू नहुन सक्छ । कसै कसैमा प्रतिक्षाको समयले झन उल्टो असर गर्ने पनि हुन सक्छ ।–एजेन्सी


Views: 13