19th November | 2018 | Monday | 2:36:45 AM

वाइल्ड सेक्सको स्वास्थ्यमा प्रभाव

  POSTED ON : Saturday, 27 October, 2018 (4:25:16 PM)

वाइल्ड सेक्सको स्वास्थ्यमा प्रभाव

काठमाडौं । सेक्सलाई कतिपय युवा तन्नेरीहरुले गलत अर्थ र गलत तरिकाले प्रयोग गर्ने गरेकाले मानिसमा नकारात्मक परिवर्तन देखा परेका समाचारहरु सुनिने गरेको पाइन्छ । नयाँ तौल तरिका तथा अति उत्तेजक रुपमा गरिने सेक्सले मानिसमा पार्ने शारीरिक तथा मानसिक असर नकारात्मक हुन सक्दछ । 

केहिसमय अघि अमेरिकामा गरिएको स्वास्थ्य सम्बन्धी एक अध्ययनले प्रत्येक एक लाख व्यक्तिमध्ये सात जना स्मरण शक्ति गुम्ने रोगको शिकार हुने गरेको तथ्यांक निकालेको जनाइएको छ ।

मानिसमा अचानक केही समयका लागि सबै कुरा बिर्सने, शून्य दिमाग हुने कारणहरुमा–  एक्कासी चिसो पानीमा पस्दा, टाउकोमा गम्भीर चोट लागेको अवस्थामा र एकदमै जोसिएर यौन सम्पर्क राख्दा हुन सक्ने बताइएको छ । 

मानिसमा कहिलेकाहीं त्यस्तो अवस्थामा घन्टौंसम्म पनि स्मरण शक्ति पुन नफर्कन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । यस्तो अवस्थामा नयाँ सम्झना वा हालसालैका घटनाहरू सम्झिन नसक्ने गरेको पाइएको छ । यसरी निकै रोमाञ्चित र जोसिएर यौन सम्पर्क गरेको अवस्थामा पनि विगतका कुरा बिर्सने गरेको बताइएको छ । यस तथ्यको आधारमा मानिसहरू यौनबाट टाढिन सक्ने हुनाले  यौनक्रियालाई सहज सरल र आवश्यकता पूर्तिको रुपमा लिन सक्नु पर्दछ । यौनले पीडाबाट छुट्कारा प्रदान गरि मनलाई शान्त पार्ने तथा मीठो निन्द्रा दिलाउने भएकाले शरीरलाई रिल्याक्स् हुन मद्धत पुर्याउँछ । जसले हामीलाई फाइदा पुर्याउँछ । मानिसको चाहाना र शरीरको आवश्यकता अनुसारको सेक्सले स्वस्थ र फुर्तिलो बनाउँछ । अन्यथा सेक्स घातक पनि हुन सक्दछ । –एजेन्सी


Views: 236