19th September | 2019 | Thursday | 2:22:05 PM

यौन चाहना कम भए के गर्ने ?

  POSTED ON : मंसिर १६, २०७५ (३:४९ PM)

यौन चाहना कम भए के गर्ने ?

काठमाडौं । यौन मानव जीवनको अभिन्न अङ्ग हो । त्यसैले यौनेच्छा हुनु, यौनका कुरा सुन्दा उत्तेजित हुनु एकदम स्वाभाविक हो । मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । सामान्यतया, यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने ईच्छालाई नै यौनेच्छा भन्न सकिन्छ । परिभाषामा केही फरक भए पनि यौनेच्छा वा यौन व्यग्रता एउटा मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्दछ । यसलाई हाम्रो मस्तिष्कले सञ्चालन गर्छ। 

प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनेच्छा हुन्छ । भोक, निद्रा, प्यास जस्तै यौन पनि आवश्यक कुरा हो मानव जीवनका लागि । यो प्रकृतिले नै दिएको कुरा हो ।

यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन् । एकातिर रागरस अर्थात् हार्मोनहरूले यौनइच्छा सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्का्तिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । यौनेच्छा जाग्ने (विकसित हुने) वा सोको व्यग्रतामा रागरस अर्थात् हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ । टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ ।

यौनेच्छा शान्त पार्ने उपायहरूमध्ये सबैजसोका लागि यौन अङ्गको घर्षण नै प्रमुख हो। यौनसम्पर्क गर्दा यौन अङ्गहरू एक–आपसमा घर्षण गराइन्छ भने हस्तमैथुन गर्दा हातले वा अन्य तरिकाबाट आफ्नो यौन अङ्गको घर्षण गराएर वा दबाब दिएर पनि यौन आनन्द तथा यौन चरमसुख प्राप्त गरिन्छ ।

त्यसैगरी आजकल यौन चाहना नै कम हुने समस्या पनि धेरै मानिसलाई देखिन गरेको छ । यौनेच्छा भए पनि अन्य कारण जस्तै शारीरिक–यौनसम्पर्क राख्दा पीडा हुने, कुनै रोगव्याधि लागेको वा थकान) वा मानसिक (चिन्ता, तनाव, भय) जस्ता अनेक कारण हुन सक्छन् । यस्ता कुरालाई विचार गर्नुपर्दछ । यदि यी सबै कुरा ठिक छन् भने यौनका परिकल्पनामा रमाउनु, दुई दम्पतिबीच खुलेर यौनका कुरा गर्ने, यौनसम्बन्धि पुस्तकहरु पढ्ने,सेक्सुअल मुभि हेर्ने, नयाँ आशन प्रयोग गर्ने लगायतका क्रियाकलाप गर्न सकिन्छ ।

कुनै व्यक्तिमा यौनइच्छा बढी हुन्छ भने कसैमा अलि कम हुन्छ । सामान्य वा ठीक मात्राको यौन व्यवहार कति हो भन्न त गाह्रो छ, किनभने यी कुरा व्यक्ति–व्यक्तिअनुसार फरक–फरक हुन्छन्, तर सामान्यभन्दा बढी वा कम यौनइच्छा हुन सक्छ । यसरी एकअर्काबीच तालमेल नमिलेको पो हो कि भन्ने विचार गर्नुपर्ने हुन्छ ।

यौनसम्पर्कमा रुचि नहुने कुरा मानसिक कारणले भए त्यसैअनुरूप समाधान गर्नुपर्दछ । यसका लागि चिकित्सक वा मनोचिकित्सकको सहयोग लिनुपर्ने  हुनसक्छ । मानसिक समस्याका लागि मनोचिकित्सकको आवश्यकता पर्छ । यसका लागि धैर्यता अनि दृढ अठोटको आवश्यकता पर्छ । यस्तो स्थितिमा शंका–उपशंका अनि अन्य व्यक्तितिर सम्बन्ध विस्तार गर्न लागियो भने वैवाहिक जीवन थप असजिलोमा पर्छ । यसकुरामा सदैव विचार पुर्याउनु जरुरी छ । यस्तो स्थितिमा एक–अर्काको सहयोगको आवश्यकता हुन्छ ।–एजेन्सी


Views: 444

सम्बन्धित सामग्री:

सुखमय यौनजीवन

: भदौ १६, २०७६ (४:३८ PM)