21st August | 2019 | Wednesday | 9:51:16 PM

जाडोमा सेक्सलाई यसरी बनाऔं रमाइलो

  POSTED ON : पुष ९, २०७५ (३:४३ PM)

जाडोमा सेक्सलाई यसरी बनाऔं रमाइलो

काठमाडौं । सेक्सले आनन्ददायक र सम्बन्धलाई मजबुत बनाउने मात्र होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । नियमित सेक्सले बेफाइदा भन्दा फाइदा बढी गर्ने चिकित्सकहरुको ठहर छ । 

सेक्सले मष्तिष्क र शरीरको तनाव घटाउन मद्दत गर्छ । नियमित सेक्स गर्दा शरीर तनावपुर्ण अवस्थाको सामना गर्न तयार हुन्छ र शरीरको रक्तचाप बढ्न दिँदैन ।  यसर्थ पनि जाडो महिनामा सेक्स गर्नु फाइदा जनक मानिन्छ । तर जाडो लगातार बढ्दै गर्दा जो कोही पनि आफ्नो ओछ्यान छाड्न तयार हुँदैनन् । सिरक भित्र सुत्न छोडेर, अझ लुगा फुकाएर सेक्स गर्न हिम्मत गर्ने कमै मात्रामा हुन्छन् । तर, जाडो भयो भनेर सेक्स आनन्दबाट बञ्चिन हुनु पक्कै पनि राम्रो होइन ।

जाडोयाममा सेक्स गर्ने केही उपाय यस्ता छन् । जसले तपाईलाई फाइदा मिल्दछ । सेक्सको मतलब शरीरमा कपडा नहुनु हो तर जाडोमा कपडा शरीरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसका लागि तपाईले आफ्नो पार्टनरलाई तयार पार्नु पर्दछ । 

बेडमा यौन क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक ग्लास तयार पार्नुहोस् । रेड वाइन कामुत्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । जसले गर्मि पैदा गर्दछ र दुई जनाबीचको मायालाई थप उत्साहित पर्दछ ।

त्यसैगरी दिनभर अफिसको कामको थकानका कारण तपाई सेक्सबाट टाढा नहुनुहोस् । बरु यसलाई प्रभाबकारी बनाउन घर गएपछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाइको थकान कम हुन् जान्छ र सेक्सको लागि तयार हुन् सक्नु हुनेछ ।

यौन जीवन सुखद बनाउनको बिछ्यौनको पनि महत्वपूर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्नाको प्रयोगले तपाइलाई यौन कार्यको लागि उत्प्रेरित गर्न सक्दछ । फोहोर बेडले तपाइको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागि उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवश्यक हुन्छ । यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौन जीवनमा सधै सुखमयी रहन सकिन्छ ।–एजेन्सी



Views: 558

सम्बन्धित सामग्री:

यौनमा भरपुर आनन्द कसरी लिने ?

: श्रावण १०, २०७६ (५:१९ PM)