21st August | 2019 | Wednesday | 10:42:04 PM

यौन सम्बन्ध थप रोमाञ्चक कसरी हुन्छ ?

  POSTED ON : चैत्र १५, २०७५ (१:३० PM)

यौन सम्बन्ध थप रोमाञ्चक कसरी हुन्छ ?

हिमालय टाइम्स । दाम्पत्य जीवनलाई सुमधुर तथा अझ रोमाञ्चक बनाउनका लागि यौन सर्वोत्तम विकल्प हो । यसका लागि दुवै शारीरिक रुपमा तयार भएर मात्र पुग्दैन, मानसिक रुपमा पनि उत्तिकै उत्सुक हुन जरुरी छ । एकजनाको मात्र दवावमा बनाइने यौन सम्बन्ध रोमाञ्चक हुँदैन । अझ थप रोमाञ्चकले दाम्पत्य जीवन थप सुखमय हुन्छ । त्यसैले जब एक पार्टनर यौनका लागि तयार हुन्छन्, अर्का पार्टनरलाई पनि त्यसमा उत्साहित गराउनुपर्छ । यसका लागि कामुक हाउभाउ, पहिरन, वातावरण आदि थुप्रै कुरामा निर्भर रहन्छ ।

यौन सम्पर्क अघि  गरिने पाकक्रिडाले यौनका लागि दुबै पार्टनरलाई उक्साउँछ । पाकक्रिडाको अनेक विधी छन् । यसमा स्पर्श, चुम्बन, संवेदनसिल अंग चलाउने आदि क्रिया गरिन्छ । पाकक्रिडाको क्रममा जब दुबै उत्कर्षमा पुग्छन्, तब यौन सम्बन्ध सुरु गर्दा बढी रोमान्चक हुन्छ ।

कसैकसैको यौनजीवन किनपनि खल्लो हुँदैछ भने उनीहरुको आसन, स्थान एकनास हुनेगर्छ । यसले गर्दा यौनजीवन दिक्क लाग्दो हुन सक्छ । स्थान तथा आसनले यौनमा बेग्लै रोमाञ्चकता प्रदान गर्छ । यसकुरालाई ध्यान दिएर गरिने यौनक्रिया रोमाञ्चक हुने बताइन्छ ।

त्यसैगरी लगातार अथवा दिनहुँको यौनक्रियाले पनि रोमञ्चकतामा कमी आउन सक्छ । केहि समय ग्याप राखेर मात्र सम्बन्ध बनाउँदा आनन्ददायी हुने गर्दछ । यो  बीचको प्रतिक्षामा आफ्नो पार्टनरबीच उत्तेजना बढ्दै गएको पाउन सकिन्छ । केही समयको अन्तरालपछि जब सम्बन्ध बन्छ त्यतिबेला धेरै मिठो अनुभूति हुने गर्दछ । 

यौन सम्पर्कले शारीरिक र मानसिक दुबै रुपमा दम्पतीलाई स्वस्थ्य, उर्जावान् बनाउने बताइन्छ ।

–एजेन्सीको सहयोगमा


Views: 867

सम्बन्धित सामग्री:

यौनमा भरपुर आनन्द कसरी लिने ?

: श्रावण १०, २०७६ (५:१९ PM)