13th December | 2019 | Friday | 9:40:13 PM

वीर्य शीघ्र स्खलन र उपाय

हिमालय टाइम्स   POSTED ON : चैत्र २८, २०७५ (५:१९ PM)

वीर्य शीघ्र स्खलन र उपाय

काठमाडौं । वीर्य शीघ्र स्खलन हुने समस्याबाट आजभोली धेरै पुरुषहरु पिडित भएको गुनासो सुनिने गरिएको छ । यो यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पुरुषमा पाइने समस्या हो । सरल भाषामा भन्नुपर्दा वीर्य स्खलन छिटो हुनु नै शीघ्र वीर्य स्खलन हो । महिलालाई यौन चरमसुख प्राप्त गर्न एकदमै धेरै समय लाग्ने अवस्थामा पनि पुरुषको वीर्य स्खलन चाँडो भएजस्तो हुनसक्छ । यसर्थ कति समय पछिको यौन सम्पर्क पछि विर्य स्खलन हुनुलाई शीघ्र स्खलन हुनु भनिन्छ भन्ने अन्योल हुन सक्छ । शीघ्र स्खलन भनेको योनीमा लिंग प्रवेशको दुई–चार धक्कामै विर्य स्खलन भयो भने यसलाई शीघ्र स्खलन भन्न सकिन्छ ।

शीघ्र स्खलनको मूलकारण मानसिक हो भन्छन् चिकित्सकहरु । कतिपय मानिसमा यौनसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु एक गम्भीर चिन्ताको कारण हुनसक्छ । यसर्थ यौनसम्पर्कलाई बढी उत्तेजित नबनाई मज्बुरी नबनाई इच्छा र चाहनाको समिश्रणबाट एकअर्कामा समर्पितको भावना जागृत गराएर गर्नु पर्दछ । 

यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन । कहिले काँही त जो कोहीको पनि शीघ्र स्खलन हुन सक्छ । तर सधैजसो यसो हुन्छ भने यसलाई समस्याको रुपमा लिन सकिन्छ । धेरै चिन्ता गर्दा समस्या अझ बढ्न सक्छ । 

यो समस्या कम गर्न आफैंले अबलम्बन गर्न सकिने केही उपाय छन् । यौनसम्पर्क रोक्ने–सुरु गर्ने गरेमा पनि यसबाट छुट्कारा पाउन सकिन्छ ।   यौनसम्पर्क गरिरहँदा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर केही बेर यौनक्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुन सुरु गर्न पनि सकिन्छ । त्यसैगरी आसन परिवर्तन गर्नाले पनि शीघ्र स्खलनको समस्या कम हुन सक्छ । कन्डमको प्रयोग गर्नाले पनि यस समस्याबाट केहीहद सम्म छुट्कारा मिल्दछ । त्यसैगरी यौन सम्पर्कको दौरानमा लिंगलाई हातले बेस्किन समाउनाले र केही समय यौनक्रिया रोक्दै पुन गर्दै गर्नाले पनि यस्तो समस्या कम हुन्छ । वीर्य स्खलन होलाजस्तो भए पछि उक्त क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्नाले पनि शीघ्र स्खलनबाट छुट्कारा मिल्दछ । 

वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध उपाय अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउनु उचित हुन्छ । –एजेन्सी



Views: 939

सम्बन्धित सामग्री:

महिलाहरुको हस्तमैथुनका तरिका

: कार्तिक २२, २०७६ (५:११ PM)