20th July | 2019 | Saturday | 8:49:38 AM

स्पर्शले यौन भावना उत्पन्न गर्दछ

हिमालय टाइम्स   POSTED ON : असार ६, २०७६ (१:५९ PM)

स्पर्शले यौन भावना उत्पन्न गर्दछ

काठमाडौं । विपरीत लिंगिप्रतिको स्पर्शले मानिसमा यौन भावना प्रकट गर्ने गर्दछ । मानिस बयष्क हुँदै गएपछि एकअर्का प्रतिको स्पर्शले माया–ममतादेखि लिएर यौन उत्तेजना बढाउछ ।

त्यसैगरी यौन जीवनमा स्पर्शको आफ्नै महत्व छ । स्पर्शले केटा वा केटि दुवैलाई आनन्दको अनुभूति गराउँछ । यहाँ स्पर्शलाई विपरित लिङ्गिले गर्ने स्पर्श भनिएको हो ।

यति मात्र होइन स्पर्शले यौन भावना प्रकट गर्न पनि सहयोग पुर्याउछ ।  यौन साथीलाई उत्तेजित बनाउन स्पर्शको विशेष महत्व रहन्छ । पुरुष भन्दा महिलाहरुमा स्पर्शले यौन उत्तेजनालाई अझ बढावा दिएको हुन्छ पनि भनिन्छ । स्पर्शकै रुपमा रहेका अन्य गतिविधीहरु जस्तै चुम्बन, अंकमाल, स्तन खेलाउने, लिङ्ग समाउने, खेलाउने जस्ता यौनका गतिविधीले संभोगलाई अझ रमाइलो बनाउने गर्छ ।

 पुरुष र महिला दुवैको शरीरका यौनाङ्गमा मात्र होइन शरीरका धेरै भागहरु यौन संवेदनशील क्षेत्रहरू पर्दछन् । त्यहाँ हुने स्पर्श एवं घर्षण मात्र पनि यौन उत्तेजना जगाउन पर्याप्त हुन्छ ।

तर हरेक प्रकारका स्पर्शलाई यौन स्पर्शको रुपमा लिनु हुँदैन । ठूलोले सानोलाई गर्ने स्याबासी, माया, स्नेहपूर्ण छोएर प्रकट गरेको ममता जस्ता विषय यौन संग जोड्नु हुँदैन । स्नेहपूर्ण स्पर्श सर्वदा स्वीकार्य भए पनि यौन स्पर्श चाहिँ यौन साथी वा दम्पतीबीच मात्र हुने गर्छ ।

 यौनिक हिसाबले स्पर्शको आफ्नै महत्व छ । जो सुकैलाई यौन परिकल्पना पछि वास्तविक स्पर्श गर्न पाए कस्तो हुने थियो भन्ने जिज्ञासा जाग्नु अनौठो होइन । यौन क्रिया–प्रतिक्रिया चक्रको अन्तिम गन्तव्य योनि र लिङ्गबीचको मिलन अथवा स्पर्श हो ।


Views: 419

सम्बन्धित सामग्री:

उमेरक्रम र यौन इच्छा

: असार ३१, २०७६ (१२:१७ PM)