20th July | 2019 | Saturday | 8:54:47 AM

उमेर ढल्कदै गएपनि सेक्समा कमी नहुन यसो गर्नुस्

  POSTED ON : असार २०, २०७६ (२:०९ PM)

उमेर ढल्कदै गएपनि सेक्समा कमी नहुन यसो गर्नुस्

काठमाडौं । उमेर ढल्कदै जाँदा सेक्समा पनि रुचि कम हुँदै वा शक्ति कम हुँदै  जानु सामान्य हो । उमेरसँगै सेक्सको नियमित क्रियाकलापमा कमी हुनु स्वभाविक मानिन्छ । तर उमेर ढल्कदैँ गएपनि खानपान र व्यायाममा ध्यान पुर्याउन सके सेक्स पावर तुरुन्तै कम भने नहुने हुन्छ ।

हिँडडुलबाट शारीरिक र मानसिक स्वास्थ्यस्थिति तन्दुरुस्त राखि राख्नाले सेक्समा कमी आउँदैन । नयाँ सोच विचारहरु र आपसमा छलफल हुनु पर्दछ । सेक्सका कुरा गर्ने रमाइलो कल्पना गर्ने पर्याप्त समय लिएर डिनर वा मनोरञ्जन दिने ठाउँमा गएर रमाइलो गर्ने गर्नाले मानिसले आफू बुढो भएको पत्तै पाउँदैन ।

उत्तम सम्भोगका लागि पुरुष–महिला दुबैको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य राम्रो हुनुपर्छ । जो उमेर हुँदा मात्र होइन उमेर ढल्कदैँ गएपछि झन बढी आवश्यक हुन्छ ।

जीवन साथीसँग आफ्ना आशा, सपना, यौनजीवन र आर्थिक पक्षमा छलफल गर्नु उपयुक्त हुन्छ । यौन इच्छामा उतरचढाव आउनु स्वभाविक हो तर यसलाई लिएर चिन्ता गर्नु व्यर्थ हो । केही कामुक मानिसमा हुने यौन उत्तेजनालाई छाडेर आम मानिसको कुरा गर्ने हो भने यौन इच्छामा उतरचढाव आइरहन्छ ।  

ब्यायामले प्रजनन अंगको रक्तसञ्चारलाई बढाउने काम गर्छ । टेस्टोस्टेरोन हर्मोनको मात्रा पनि बढ्छ, जसको कारण उत्तेजना वृद्धि हुन्छ र सम्भोग चरमोत्कर्षमा पुग्छ । त्यसैले व्यायामसँगै पौडी खेल्ने, योग, नृत्य आदि गतिविधि गर्न सकिन्छ । दैनिक आधा घण्टासम्मको व्यायामले यौन स्वास्थ्यमा ठूलो भूमिका खेल्ने यसका जानकारहरु बताउँछन् ।

त्यसैगरी आहार विहारमा पनि ध्यान दिनु उत्तिकै जरुरी छ । हामीले खाने खानामा फलफूल र तरकारीको मात्रालाई बढाउनुपर्छ । त्यस्ता खानाको उपभोग गर्नुपर्छ जसमा एन्टिअक्सिडेन्टको मात्रा बढी हुन्छ । त्यस्तो खानाले स्नायु र मुटुलाई स्वस्थ र बलियो बनाउने काम गर्छ । बोसोजन्य, दुधजन्य पदार्थ, जंक फुडजस्ता खाद्यपदार्थको उपभोगलाई घटाउनुपर्छ । यस्ता कुराले यौन शक्तिमा कमी ल्याउँछ ।

त्यसैगरी मानसिक अन्तर्द्वन्द्वको प्रतिकूल असरका कारण हाम्रो यौन सन्तुष्टिमा समस्या भएको हुनसक्छ त्यस्ता कुरालाई ध्यान दिइनु पर्दछ । हरेक कुरालाई उचित प्रयोगमा ल्याउन सके उपभोगलाई दुरगामी रुपमा प्रयोगमा ल्याउन सके जस्तै सेक्सलाई पनि त्यही रुपमा बुझ्न सकिन्छ । 

यौन उदासिनताको अर्को कारण हर्मोनहरुमा आएको परिवर्तन हुन सक्छ । उमेर बढ्दै जाने क्रममा महिला र पुरुष दुवैमा हर्मोनमा परिवर्तन हुनु स्वाभाविकै हो । महिलामा आउने परिवर्तनमा विशेष गरेर ‘मिनोपज’ अर्थात् महिनावारी रोकिनुअघि महिलाको योनीका तन्तुहरु पातला र सुख्खा हुन्छन् । चिल्लो पदार्थ निस्किन कम हुनसक्छ । पहिले यौन सम्पर्कमा आनन्द महशुस गर्ने महिलाले पनि पछि त्यस किसिमको आनन्द महशुस नगर्न सक्छन् । तसर्थ यस्ता कुरामा विचार पुर्याउनु पर्दछ ।

 कति प्राकृतिक कुरा समय अगावै हुन सक्छन् । हाम्रो खानपान सोच र व्यायामका कारण त्यसो भएको हुनसक्छ । यसर्थ सधैँ स्वस्थ रहन व्यायाम र खानपान आहार विहारलाई ध्यान दिनु जरुरी हुन्छ ।


Views: 296

सम्बन्धित सामग्री:

उमेरक्रम र यौन इच्छा

: असार ३१, २०७६ (१२:१७ PM)