19th October | 2019 | Saturday | 8:14:44 AM

उमेरक्रम र यौन इच्छा

  POSTED ON : असार ३१, २०७६ (४:०२ PM)

उमेरक्रम र यौन इच्छा

काठमाडौं । यौन इच्छा दबाउँदा शारीरिक र मानसिक समस्या देखिन सक्छ । कुनै निश्चित सीमा भित्र रहेर सामाजिक मर्यादाको पालना गर्दै यौन इच्छा बिभिन्न माध्यमबाट पूरा गर्नुपर्छ । हस्तमैथुन यस्तो अवस्थामा उपयुक्त माध्यम हुन्छ । पतिमा सम्भोग इच्छा जागेको छ र पत्नीमा जागेको छैन भने समझदारी र धैर्य राख्नुपर्छ । यस्तो अवस्थामा पत्नीलाइ हस्तमैथुन गर्न लगाउने वा अन्य तरिकाले पनि यौन इच्छा पूरा गर्न सकिन्छ ।

हाम्रो जीवनमा यौन शक्ति सधै एकनास रहँदैन । मानिसको उमेर तथा शारीरिक कारणले यौन शक्तिमा पनि फेरबदल हुनु स्वभाविक हो ।

विशेषत उमेर ढल्कदै गएपछि यौन शक्तिमा पनि कमि आउन थाल्दछ । तर त्यसलाई पनि समय सापेक्ष मेन्टेन गर्न सके यौन शक्तिमा थोरै भएपनि राहत मिल्छ । 

त्यसैले सक्रिय र नियमित यौन सम्बन्धले दाम्पत्य सुख प्राप्त हुन्छ जसका लागि खानपान देखि शारीरिक व्यायाममा यौन शक्तिको पनि सन्बन्ध हुन्छ ।

 उमेर ढल्कदै गएपछि यौनको इच्छा सधै एकनास रहँदैन । कहिले घट्छ, कहिले बढ्छ ।  

१५ बर्ष देखि मानिसमा यौन इच्छा सुरु हुन्छ । यही उमेरका युवामा यौनको कौतुहलता बढेको हुन्छ । उनीहरु यतिबेला निकै उर्जावान पनि हुन्छन् । स्वास्थ्य राम्रो हुन्छ । यस्तोमा विवाह, रिलेशनसिपको सोंचले उनीहरुमा नयाँ उर्जा भरिन्छ । उनीहरु यौनका लागि तयार हुन्छन्, जबकी युवतीहरुले भने यस उमेरमा आफ्नो यौन इच्छालाई दबाएर राख्छन् ।

३० बर्षको हाराहारीमा महिलाले विवाह गरिसकेका हुन्छन् । यस अवस्थामा उनीहरु यौनबारे त्यती धेरै अन्यौल वा उत्सुक पनि हुँदैनन् । किनभने विवाहित भइसकेका हुनाले महिलाले यौन सम्बन्ध दबाइरहनु पर्दैन् । यस्तो बेला उनीहरु अर्गाज्म हासिल गर्नका लागि पूर्ण रुपले तयार हुन्छन् ।

अक्सर विवाहित महिलालाई करियर वा घर परिवारको चिन्ता उति धेरै हुँदैन । यस्तो अवस्थामा उनीहरुको यौन चाहना अरु बढ्छ । यौन भाव बुझ्न सहज पनि हुन्छ । उनीहरु बेपर्वाह यौन सम्बन्धलाई स्वागत गर्न तयार हुन्छन् ।

४० बर्ष पछि यस उमेरपछि फेरी महिला पुरुषमा शारीरिक परिवर्तन हुन्छ । यसबेला महिलाको हर्मोन लेभल कम हुन थाल्छ । उनीहरुमा फेरी यौन इच्छा बढ्न थाल्छ । छोराछोरी हुर्किसकेका हुनाले र छोराछोरी हुर्काउने दायित्वबाट मुक्त भइसकेको हुने हुँदा, यौनको इच्छा तिब्र हुनथाल्छ ।

यद्यपी यस किसिमको इच्छा त्यही महिलालाई हुन्छ, जो पूर्णत स्वस्थ्य छन् । कुनैपनि रोगको संक्रमणमा छैनन् ।

४० बर्षपछिको उमेरमा पुरुषमा पनि केही परिवर्तन हुन्छ । जो पुरुष स्वस्थ्य छन्, रोगग्रस्त छै्नन्, उनीहरु पहिले भन्दा बढी उर्जा्शिल महसुश गर्न थाल्छन् । यतिबेला उनीहरुलाई यौनमा अरु बढी इच्छा हुन थाल्छ ।

५० बर्षपछि महिलामा पिरियड्सको बोझ सकिन्छ । उनीहरु खुला रुपमा यौन भोग गर्न सक्ने अवस्थामा हुन्छन् । यद्यपी यो उमेरपछि शरीरलाई भने कतिपय रोगले समात्न थाल्छ । अनेक रोगले गर्दा उनीहरु अस्वस्थ्य महसुश गर्न थाल्छन् ।

यो उमेरमा पुरुष पनि रोगी हुँदै जान्छन् । उनीहरुलाई उच्च रक्तचाप, मधुमेह, कोलोस्टोर जस्ता रोगले समात्छ । यसले गर्दा उनीहरुको यौन इच्छा कम हुँदै जान्छ । उमेर र शारीरिक अवस्था अनुसार यौन इच्छामा आउने परिवर्तनलाई दम्पतीले बुझ्नुपर्छ । यौनमा दम्पतीको सधै समान इच्छा हुँदैन । केही न केही उतारचढाव आइरहन्छ । यस्तो अवस्थामा दुबैले यौनबाट जतिसक्दो सन्तुष्टि लिने र दिने प्रयत्न गर्नुपर्छ । किनभने दाम्पत्य जीवनमा यौन एकदम महत्वपूर्ण हुन्छ । यसले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ । –एजेन्सी


Views: 897

सम्बन्धित सामग्री:

यौन इच्छा नहुनुको कारण र समाधान

: आश्विन ११, २०७६ (१:२३ PM)