15th September | 2019 | Sunday | 8:58:01 PM

सुखमय यौनजीवन

  POSTED ON : भदौ १६, २०७६ (४:३८ PM)

सुखमय यौनजीवन

काठमाडौं  । यौनसुख सबैले समान रुपमा भोग गरिरहेको नहुन सक्ने विषय हो । यो मानिसको इच्छा तथा चाहनामा निर्भर हुने गर्दछ । कतिपयको यौन जीवन दुखदायी हुन्छ भने कसैको रोमाञ्चक हुन सक्दछ । कसैले यसबाट चरम सन्तुष्ट प्राप्त गरिरहेका हुन्छन्, कसैले असन्तुष्ट तथा दिग्दारी पनि महशुस गरिरहेका हुन सक्दछन् । सबैलाई समान रुपमा यौनसुख नहुनु् स्वाभाविक हो तर पनि असन्तुष्ट तथा दिग्दारी हुनु भने पक्कै पनि राम्रो होइन । कसरी हुन्छ दम्पतीले आफ्नो यौनजीवनलाई सखुमय बनाउन उपायहरु निकाल्नु पर्दछ ।

हाम्रो समाजमा यौनसँग सम्बन्धित धेरै समस्या छन् । यौनजन्य समस्याले नै विकृत रुप लिने हो । यौनलाई कसरी सुखमय बनाउने भनेर नयाँ नयाँ विधीहरुको खोज एवं प्रयोग पनि भइरहेका छन् । यद्यपी यसमा थुप्रै कमीकमजोरी देखिदै आएका छन् ।

कतिले आफ्नो यौनाङ्गको आकार, प्रकारलाई लिएर प्रश्न उठाउने गर्छन् । कतिले शारीरिक कुरालाई पनि यसमा जोड्ने गरेका छन् । यौन शारीरिक क्रिया जरुर हो । तर, यसमा शारीरिक उपस्थिती मात्र पर्याप्त छैन । यौनमा शारीरिक उपस्थिती जति आवश्यक छ, त्यो भन्दा बढी मानसिक उपस्थिती आवश्यक छ । मानसिक रुपमा यौन क्रियामा तयार नभै भएको यौन सम्बन्धले यौनसुखमय दिन सक्दैन । 

यौनसुख तथा यौनमा रोमाञ्चकता ल्याउन समय परिस्थिती अनुकूल हुन जरुरी छ । थकान तथा तनावमा भएको यौनक्रिया सुखमय पक्कै हुँदैन । वातावरणीय अनुकूलताले पनि यौन उत्तेजना तथा यौनसुखमा भूमिका खेल्दछ । आजकल जागिरेहरुले यौनलाई यथोचित समय दिन भ्याइरहेका छैनन् । कार्यालयमा बस्दाबस्दै उनीहरूबाट आयुसँगै यौनेच्छासमेत फुत्केर गइरहेको छ । एउटा सर्वेक्षणमा के पाइएको छ भने कामकाजी व्यक्तिहरूमध्ये ८० प्रतिशतको जीवनको लामो समय कार्यालयमा बस्दाबस्दै सकिन्छ र उनीहरू यौनबाट वञ्चित रहन्छन् । जसले दाम्पत्य सम्बन्धमा समेत प्रभाव पारिरहेको हुन्छ ।

मानिसको शारीरिक र मानसिक स्वास्थ्यको साथमा यौन स्वास्थ्य पनि सही हुन आवश्यक छ ताकी आफ्नो जीन्दगीलाई राम्रो तरिकाले जिउन सकियोस् ।

कार्यालयमा निरन्तर काम गर्नेहरुको यौनजीवन प्रभावित हुने विभिन्न अनुसन्धानले प्रस्ट पारेका छन् । त्यस अनुसार, धेरै समयसम्म एउटै ठाउँमा बसिराख्नाले ढाडको समस्या उत्पन्न हुन्छ । यसबाट थकान उत्पन्न हुन थाल्छ र यौनसम्पर्कमा संलग्न हुने इच्छा मर्दैमर्दै जान्छ । यौनको दौरानमा आफूभित्रको कमजोरीले मतिष्कलाई कमजोर बनाउँछ । अझ पुरुषको लिंग उत्तेजित नहुने अथवा सीघ्रस्खलन हुने जस्ता समस्या देखिन थाल्दछन् । जसले मानिसको यौन शक्तिमा नै ह«ास आउँछ ।


Views: 263