19th October | 2019 | Saturday | 8:03:33 PM

हस्तमैथुनले महिलालाई पनि फाइदा पुर्याउँछ

  POSTED ON : भदौ २६, २०७६ (५:१२ PM)

हस्तमैथुनले महिलालाई पनि फाइदा पुर्याउँछ

काठमाडौं  । मानव जीवनमा सबैभन्दा बढी चर्चा हुने विषय भनेको यौन हो । यौन जीवन सामान्यतया हाम्रो समाजमा विवाह पछि मात्रै सुरु हुन्छ । तर त्यो भन्दा पहिला पनि युवा युवतीमा यौन इच्छा हुन्छ । आफैंले यौनांग चलाउने वा दबाउने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने यौन क्रियाकलाप नै हस्तमैथुन हो । पुरुषहरु मात्र होइन यौन इच्छा पूरा गर्न तत्काल पार्टनर नपाए महिलाहरुले पनि हस्तमैथुन गर्ने गर्दछन् ।

विशेषगरी किशोराबस्थामा शारीरिक सम्पर्क राख्ने चाहना बढी हुन्छ । त्यो समयमा युवा युवतीले अपनाउने भनेको हस्तमैथुन हो । जो यौन चाहना पूरा गर्ने एक भरपर्दो उपाय पनि हो । शारीरिक सम्पर्क नहुँदा अधिकांश किशोरावस्थाका युवायुवतीले हस्तमैथुन गर्नु कुनै नौलो कुरा होइन ।

सामान्यत हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराएको हुन्छ । यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले चिकित्सक भन्छन् यौनसम्पर्क गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन ।

हस्तमैथुनका फाइदा

सुरक्षित क्रिया –यौन रोग लागेको व्यक्ति, गर्भवती महिला अथवा सेक्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमैथुनबाट शारीरिक तथा मानसिक सन्तुष्टि पाउन सक्छन् ।

यौन दुर्बलताको उपचार – शीघ्र स्खलनलगायत यौन समस्या भएका व्यक्तिले हस्तमैथुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन् । हस्तमैथुन गरेर लामो समयसम्म स्खलन हुन नदिने कला सिकाउने विधि यौन विशेषज्ञले दिँदै आएका छन् ।

मीठो निद्रा –सेक्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हार्मोनले मीठो निद्रा लगाउने गर्छन् । हस्तमैथुनका क्रममा पनि शरीरमा यी हार्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको समस्या भएका मानिसका लागि हस्तमैथुन राम्रो औषधि साबित हुन सक्छ ।

रोगप्रतिरोधी क्षमता बढाउँछ – वीर्य स्खलन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हार्मोनको मात्रा शरीरमा बढ्न जान्छ । यस्तो हार्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।

प्रजनन् रोग घटाउँछ – हस्तमैथुनले प्रजननसम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमैथुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, हस्तमैथुनको आनन्द लुट्ने महिलामा पाठेघरसम्बन्धी इन्फेक्सन अथवा मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ । हस्तमैथुन पुरुष तथा महिलालाई उत्तिकै लाभप्रद हुने हुँदा चिकित्सकिय विज्ञानले पनि यसको उचित उपयोगमा शारीरिक रुपमा दुर्बल होइन फाइदा पुर्याउँछ भन्छ । 

–एजेन्सी


Views: 544

सम्बन्धित सामग्री:

यौन इच्छा नहुनुको कारण र समाधान

: आश्विन ११, २०७६ (१:२३ PM)