8th December | 2019 | Sunday | 8:04:47 AM

यौन इच्छा नहुनुको कारण र समाधान

  POSTED ON : आश्विन ११, २०७६ (१:२३ PM)

यौन इच्छा नहुनुको कारण र समाधान

काठमाडौं । आवश्यक पर्दा वा कसैकसैलाई जति गरेपनि यौन उत्तेजना नहुने समस्या दिनाँनुदिन सहरी जनजिवनका मानिसहरुको समस्या बन्दै गएको छ  । मानिसहरु आफ्नो उमेरको २० देखि ३० वर्षसम्म यौन जीवनको उत्कर्षमा हुने गर्छन् । तर, कतिपय मानिसहरु ४० वर्ष पुग्दा नपुग्दै यौन दुर्वलताको शिकार हुन पुग्छन् र उनीहरुमा यौन इच्छा र क्षमतामा कमी आउन थाल्छ । यो कति प्राकृतिक कुरा पनि हुन सक्ला तर मानिसले दैनिक जीवनमा खाँदै आएको खानपान तथा दैनिक जीवनयापन आदि कुराले पनि यसमा निर्भर गर्दछ । 

यौन र मानसिक अवस्थाको कुरा गर्दा यो व्यक्तिको सोचसँग पनि जोडिएको हुन्छ । जसलाई उसले कसरी बुझेको छ र त्यसलाई कसरी ब्यवहारमा उतार्छ, त्यसमा भर पर्ने कुरा हो । 

मानसिक समस्याका कारण पनि यौन दुर्वलता हुन सक्ने अध्ययनले देखाएको छ । त्यसैगरी यौन कार्यमा प्रभाव पार्ने र शिथिलता ल्याउने कारण अरुपनि धेरै हुन सक्दछन् । आर्थिक अवस्थाले मानसिक रुपमा विछिप्त ब्यक्तिलाई यौन जागरमा भन्दा दैनिक गुजारामा ध्यान जानाले यौन क्षमतामा कमी आउन सक्छ । अनुपयुक्त वातावरण र हस्तक्षेपले यौन अरुची हुन सक्छ । धुम्रपान गर्नेहरुलाई पनि यौन क्षमतामा कमी आउने गर्छ ।

अफिस तथा घरायसी कामको बोझ र धेरैबेरसम्म कार्यालयको काममा मात्र व्यस्त रहनाले व्यक्तिलाई तनाव बढाउँछ । यसलाई यौनइच्छामा कमी ल्याउने कारक मानिन्छ । यसले दम्पत्तिबीच नकारात्मक सोचको पर्खाल निर्माण गरिदिन्छ । उनीहरु पहिलाको जस्तो माया नपाएको जस्तो भ्रममा पर्छन् । यसले पुरुषलाई आफ्नो यौनशक्ति प्रति नै चिन्ता बढ्न थाल्छ । यसले स्थिति अझ बिग्रिदै जान्छ । बैवाहिक जीवनमा यौन शक्तिमा उतारचढाव आउन सक्छ । यसकारण पुरै दोष तनाव मात्र हुन सक्दैन । यसका साथै व्यस्त जीवनशैली, खानपानमा आएको परिवर्तनले पनि यौन जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । यसबाहेक पार्टनरबीच वार्तालाप नहुादा पनि दुईजनाबीचको दूरी बढ्दै जान्छ ।

त्यसैगरी धेरै महिलामा कामेच्छामा कमी ल्याउने हर्मोन्स जिम्मेवार भएको पनि हुन सक्छ तर सबै कामेच्छामा कमी आउनु भनेको हर्मोन्सका कारण नहुन सक्छ ।  आपसी झगडा, मनमुटाव, कम्युनिकेसन ग्याप आदि यसको कारण हुन सक्छ । कामेच्छाको सबैभन्दा महत्वपूर्ण कारण पर्याप्त निन्द्राको अभाव पनि हो । हरेक व्यक्तिले दैनिक ६देखि ७ घण्टा सुत्नुपर्छ । यसका साथै हाम्रो मानसिक स्वास्थ्य गलत खानपान एवं थकान पनि यसको जिम्मेवारी पक्ष हो ।

सबैभन्दा पहिले समस्याको कारण पत्ता लगाउनु पर्छ र यो समस्यालाई भगाउने कोशिस गर्नुपर्छ । कुनैबेला सम्झाउनाले पनि समस्या हल हुनसक्छ । आजका कामकाजी महिलाहरुको व्यक्तिगत एवं पेशागत स्तर आफैले समाधान गर्नुपर्छ । अफिसको टेन्सन, घरमा बालबच्चा सम्हाल्नुपर्ने एव. घरगृहस्तीको जिम्मेवारी आदिलाई सन्तुलनमा राख्दाराख्दै उनीहरु धेरै थाक्छन् । त्यस कुरामा पनि ध्यान दिनु जरुरुी छ ।

त्यसैगरी जोडीमा यौन सम्पर्क अगाडि हुने वा गरिने क्रियाकलापको समेत महत्वपूर्ण भूमिका हुन्छ जसलाई  ‘फोर प्ले’ भनिन्छ । ‘फोर प्ले’ भन्नाले चुम्बन गर्नु, जोडीबीच एकअर्काको यौनाङ्ग चलाइदिएर भावनामा आउने लगायतको प्रक्रिया हो र ‘फोर प्ले’को यौन सम्पर्क अघि महत्वपूर्ण भूमिका हुन्छ । त्यतातिर ध्यान पुर्याउनु उपयुक्त हुन्छ ।

–एजेन्सी


Views: 816

सम्बन्धित सामग्री:

महिलाहरुको हस्तमैथुनका तरिका

: कार्तिक २२, २०७६ (५:११ PM)