Date:2017/08/18 |Friday

अब सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशालाः खेलकुद मन्त्री

Posted on: August 03, 2017 | views: 19 |

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले यसमा कसैबाट पनि राजनीतिकरण र घुसपैठ हुन नहुने बताएका छन्।

बिहीबार आयोजित स्वागत कार्यक्रममा मन्त्री केसीले खेलकुदमा देखिएका राजनीतिकरण न्यूनीकरण गर्न आफ्नो ध्यान केन्द्रीत रहने दाबी गरे ।

मन्त्री केसीले खेलकुद क्षेत्रलाई विशुद्व व्यावसायिक बनाउने र सन् २०१९मा घरेलु मैदानमा नै आयोजना हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीलाई तीव्रता दिने बताए ।

उनले विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएका खेलकुदसंग सम्बन्धित भौतिक पूर्वाधारको पुनःनिर्माणमा जोड दिने र आगामी सागका लागि रंगशाला निर्माण कार्यलाई अघि बढाउनेमा जोड दिए ।

देश संघीयतामा गइसकेकाले आगामी दिन सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणमा विशेष पहल गर्ने मन्त्री केसीको भनाइ थियो ।

विद्यालयस्तरदेखि नै खेलकुद गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउन सके खेल र खेलाडीको विकास हुने थियो भन्दै केसीले खेलाडीको वृत्ति विकासमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने उल्लेख गरे । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं