Date:2017/08/18 |Friday

नेयमारको ‘रिलिज क्लज’ ला लिगाद्वारा अस्वीकार

Posted on: August 04, 2017 | views: 17 |

एजेन्सी

मड्रिड । विश्व कीर्तिमानी रकममा ब्रजिलियन सुपरस्टार नेयमारले बार्सिलोना छाड्ने खबरले बुधबार पूर्णता पाएको भोलिपल्ट स्पेनिस ला लिगाका प्रमुख जेभियर टेवासले पिएसजीको प्रस्तावलाई अस्वीकार गरेको छ । यससँगै नेयमारको ट्रान्सफर अझै केही लम्बिने देखिएको छ ।

पीएसजीका प्रतिनिधिहरू बिहीबार नेयमारलाई क्लबमा भित्रायाउने कीर्तिमानी रकम २ सय २२ मिलियन युरोसहित ला लिगाको कार्यालय पुगेका पिएसजीको प्रस्तावलाई ला लिगाले बिहीबार अस्वीकार गरेको थियो । प्रस्तावलाई अस्वीकार गर्दै भनिएको छ । ‘नेयमारलाई कीर्तिमानी रकममा भित्रायाउने होडले ‘फाइनान्सियल फेयर प्ले’ नीतिमा ठूलो असर पर्न सक्नेछ ।’ स्पेनिस कानुन अनुसार कुनै पनि खेलाडीलाई आफू क्लबको अनुबन्धनबाट मुक्त हुने स्वतन्त्रता हुन्छ । तर, कति मूल्यमा स्वतन्त्र हुने पहिले नै निर्धारण गरिएको हुन्छ । 

ला लिगाले रिलिज क्लज अनुसारको रकम नबुझेपछि नेयमारको ट्रान्फर रोकिँदैन । फिफाले अनुमति दिएमा उनी पीएसजी जान सक्छन् । तर, बार्सिलोनासँग ट्रान्फर समय सकिएपछि फाइनान्सियल फेयर प्ले उल्लंघनको आरोपमा उजुरी गर्ने विकल्प हुनेछ । पीएसजीको यो कदमविरुद्ध युरोपियन फुटबल संघमा उजुरी दिनेसमेत चेतावनी दिएका बेला ला लिगाले पनि पीएसजीलाई रिलिज क्लज दिन अस्वीकार गरेको छ । 

‘ला लिगाले पीएसजीको यो कदमविरुद्ध उजुरी गर्नुपर्छ, किनकी यसले प्रतियोगिताको प्रतिस्पर्धालाई नै मार्नेछ । आज यो बार्सिलोनासँग भएको छ, भोलि रियल मड्रिडपछि एट्लेटिको मड्रिडलाई पनि हुन सक्छ’, टेबासले भनेका छन् । नेयमारले क्लब छाड्ने इच्छा देखाएपछि बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भेलभार्डाेले उनलाई क्लब छाड्ने अनुमति दिएका थिए । नियमित प्रशिक्षणमा सहभागी नभई नेयमारले बुधबार क्लब छाड्ने औपचारिक जानकारी गराएका थिए । 

नेयमारले पीएसजीसँगको हस्ताक्षर गरे उनी विश्वका सबैभन्दा महँगा फुटबलर बन्नेछन् । सम्झौतापत्रमा हस्ताक्षर गर्न नेयमार शुक्रबार पेरिस पुग्दैछ । पोर्टाेमा बिहीबार नेयमारको मेडिकल टेष्ट भएको थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं