Date:2017/08/18 |Friday

बिदाइमो बोल्टको निराशाजनक प्रदर्शन

Posted on: August 07, 2017 | views: 6 |

एजेन्सी 

लण्डन । खेल जीवनबाट सन्यासको अन्तिम तयारीमा रहेका जमैकन तीव्र गतिका धावक उसेन बोल्ट पुरुष १०० मिटर दौडमा कास्य पदकमा खुम्चिएको छ । उसेन बोल्टको अन्तिम खेलको रूपमा प्रचार गरिएको लण्डनमा भइरहेको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा बोल्ट दुई अमेरिकी खेलाडीभन्दा पछि परे । 

आठ पटकका कीर्तिमानी स्वर्ण विजेता बोल्टलाई अब पुरुष १०० मिटर दौडमा देख्न पाइने छैन । आइतबार बिहान भएको १०० मिटर दौड बोल्टका लागि बिर्सनलायक देखियो । अमेरिकाका ग्याटलिनले विश्व एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडमा स्वर्ण जिते । ३५ वर्षीय ग्याटलिनले ९.९२ सेकेण्डमा दौड पूरा गरे । प्रतिबन्धबाट प्रभावित करियरको तीतो विगतलाई बिर्साउँदै उनले आफ्ना प्रतिद्वन्द्वीलाई मात्र होइन, समर्थकलाई पनि आश्चर्यमा पारे । 

स्वर्णको प्रवल दावेदार मानिएका बोल्ट भने तेस्रो नम्बरमा रहे । उनले ९.९५ सेकेण्डमा दौड पूरा गरे । अमेरिकाका क्रिस्टिन कोलम्यानले ९.९४ सेकेण्डमा दूरी पार गर्दै रजत पदक जितेका छन् । जमैकन धावक बोल्टले २०१५ मा बेइजिङमा भएको वल्र्ड च्याम्पियनसिपमा ग्याटलिनलाई पछि पारको थिए । तर, बोल्टले लण्डनमा पछिल्लो प्रदर्शन दोहो¥याउन सकेनन् । बोल्टको जितका साथ करियरको अन्त्य गर्ने उनको चाहना पूरा भएन । तर, उनले खेल भावनाको परिचय दिए । 

उनले दौड पूरा भएपछि ग्याटलिनलाई बधाई दिए । उनले स्टेडियममा उपस्थित दर्शकलाई अभिवादन पनि गरे । उनले भने, ‘मेरो सुरुवातले मलाई अप्ठ्यारोमा पु¥यायो । ग्याटलिन राम्रो प्रतिद्वन्द्वी हुन् । मैले आज सर्वश्रेष्ठ प्रदर्शन गर्न सकिन ।’ आठ ओलम्पिक स्वर्ण जितेका बोल्टले बिदाइ खेलमा स्वर्ण जित्न नसके पनि मलाई कुनै पछुतो नरहेको बताए । १०० मिटर दौडमा आफ्नो सर्वकालीन समय व्यतीत गरे । यसैमा सन्तुुष्ट रहेको बताए । यस्तै बोल्टले खेलपछि आफूलाई कुनै पछुतो नभएको बताउँदै आफूले खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए । 

‘खेलमा के भयो थाहा छैन । जित, हार र बराबरी खेलकै नियम हो । म सँधै अघि बढ्न चहान्छु’, ३० वर्षीय बोल्टले भने, ‘यसले मेरो खेल जीवनमा कुनै असर पार्ने छैन । म बहुप्रतिभाशाली र युवा प्रतिभावान् खेलाडीसँग पछि परे ।’ बोल्टले बर्लिन ओलम्पिक, मस्को ओलम्पिक, बेइजिङ ओलम्पिक र रियो ओलम्पिकमा पुरुष १०० मिटर दौडमा एकछत्र राज गरेका थिए । 

अब हुने वल्र्ड एथलेटिक्स च्याम्पियनसिपमा देखिने छैनन् । व्यक्तिगत स्पर्धामा बोल्टको यो खेल जीवनको अन्तिम प्रतिस्पर्धा हो । अब बोल्टले अर्काे हप्ता पुरुष ४०० मिटर रिलेमा प्रतिस्पर्धा गर्दै खेल जीवनबाट सन्यास लिनेछ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं