Date:2017/10/23 |Monday

एक तह, एक खेलकुद मैदान निर्माणमा तीव्रताः खेलकुद मन्त्री

Posted on: August 07, 2017 | views: 40 |

पर्वत । युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले एक स्थानीय तह एक खेलकुद मैदान विस्तार गर्ने अभियानलाई तीव्रता दिएको बताएका छन्।

नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री केसीले खेल मैदानको अभावमा पछिल्लो समय युवा खेल क्षेत्रबाट पलायन हुने क्रम बढेकाले खेल क्षेत्रको विकासका लागि सरकार दृढ रहेको बताए।

उनले प्रत्येक नगरपालिका र गाउँपालिकाले समेत युवा तथा खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा नीति कार्यक्रम बनाउन आफूले आग्रह गरेको उल्लेख गर्दै यसबाट तल्लो तहमा रहेका खेलाडी र युवा लाभान्वित हुने बताए।

मन्त्री केसीले पर्वत जिल्लाका सबै तहमा एक÷एकवटा खेल मैदान विस्तारका लागि स्थानीय तहसँग सहकार्य गरेर आफूले बजेट विनियोजन गरिदिने आश्वासनसमेत दिए। रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं