Date:2017/08/18 |Friday

लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

Posted on: August 09, 2017 | views: 17 |

पोखरा। नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका–१९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

हरितालिका तीजको अवसरमा आगामी भदौ ६ देखि ८ गते हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए।

प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी, सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाका विभागीय टिम, जाउलाखेल भलिबल प्रशिक्षण र पश्चिमाञ्चल क्षेत्रीय भलिबल टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टिमले क्रमशः  ७५ हजार १०१, ५० हजार १०१, २० हजार र १५ हजार ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै सोही अवसरमा संस्थाद्वारा भदौ ४ देखि ६ गतेसम्म अन्तर माध्यमिक विद्यालय भलिबल, लोकनृत्य, महिला तीज गीत, विद्यालयस्तरीय जोडी नृत्य र महिला सामूहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिने बताइएको छ । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं