Date:2017/08/18 |Friday

विद्यालयस्तरीय टेबल टेनिस शनिबार

Posted on: August 10, 2017 | views: 10 |

हिमालय टाइम्स

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको रजत महोत्सवको अवसरमा प्रथम उपत्यकाव्यापी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता शनिबार हुने भएको छ । 

नेपाल मसलन्द तथा शैशिक्ष सामग्री उद्योग संघले खेलकुदलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रीय अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य सुनिल गोपाल श्रेष्ठले जानकारी गराए । 

एक दिने खुला प्रतियोगिताको रूपमा रहेको प्रतियोगितामा ३५ स्कुलका ७० महिला र १४० पुरुष खेलाडीले १२ वर्षमुनि र १६ वर्षमुनिको एकल गरी ४ स्पर्धामा प्रतिस्पर्धा गर्ने संयोजक एवं नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका क्षेत्रीय अध्यक्ष विजेन्द्रविक्रम शाहले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराए । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा स्पिन इभेन्ट प्रालिले आयोजना गर्ने प्रतियोगिताको अनुमानित लागत १ लाख रहेको छ । 

लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा विजयी खेलाडी तथा टिमले मेडल, प्रमाणपत्र, खेल सामग्री तथा ट्रफी प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उदीयमान खेलाडीले मेडल र प्रमाणपत्र र खेल सामग्री प्राप्त गर्नेछन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं