21st January | 2018 | Sunday | 2:44:52 AM

फिफा वरियतामा नेपालको सुधार, जर्मनीलाई ब्राजिलले उछिनो

  POSTED ON : 2017-08-10 10:12:17

फिफा वरियतामा नेपालको सुधार, जर्मनीलाई ब्राजिलले उछिनो

हिमालय टाइम्स काठमाडौं । नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल १६९ औं स्थानमा छ ।फिफाले यसअघि सार्वजनिक गरेको वरियतामा नेपाल १७० औं स्थानमा रहेको थियो ।

फिफाको नयाँ वरियताअनुसार नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा रहेको छ । यस अघि पनि नेपाल पाँचौ स्थानमा थियो ।  नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेका छन् ।

सार्क देशहरुमा भारत ९७ औं स्थानमा छ । पहिले भन्दा भारत एक स्थान तल झरेको छ । माल्दिभ्स १४२ औं स्थानमा छ त्यसैगरि अफगानिस्तान एक स्थान तल झर्दै १५६ औं स्थानमा छ भने भुटान १६५ औं स्थानमा पुगेको छ ।

फिफाले जारी गरेको नयाँ बरियतामा ब्राजिल शीर्ष स्थानमा उक्लेको छ । यस अघि जर्मनी शीर्ष स्थानमा थियो । अहिले उ दोस्रो स्थानमा झरेको छ । तर अर्जेटिना भने यथास्थान तेस्रो मै रहेको छ ।