22nd June | 2018 | Friday | 10:53:53 PM

नेपाल र ताजकिस्तान मङ्गलबार ३ बजे भिड्ने

  POSTED ON : Monday, 04 September, 2017 (7:01:26 PM)

नेपाल र ताजकिस्तान मङ्गलबार ३ बजे भिड्ने

काठमाडौँ । एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ । 

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजकिस्तानमाथि जीत हासिल गर्ने लक्ष्य रहेको र जित्न नसकेमा एक अंक जोड्ने बताउँदै एसियन कप छनोटको सम्भावनाका लागि ताजकिस्तानविरुद्धको खेल निकै महत्वपूर्ण हुने छ भने । उक्त प्रतियोगिताको तयारीका लागि नेपाली टोली १० दिन जापानमा अभ्यास गरेर फर्किएको हो । 

त्यस्तै ताजकिस्तानका प्रशिक्षक फुजाइलोभ खाकिमले एसिया कपमा छनोटका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको बताए । एसियन छनोटमा नेपालले एक अंक जोडेको छ भने यसअघिका २ खेल खेलेको ताजकिस्तान दुवै खेलमा हार बेहोर्दै अङ्कविहीन छ । रासस