20th February | 2018 | Tuesday | 6:55:17 PM

मिस्टर काठमाडौं यसै साता

  POSTED ON : Wednesday, 06 September, 2017 (5:02:55 PM)

मिस्टर काठमाडौं यसै साता

हिमालय टाइम्स

काठमाडौं । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा दोस्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । जमलस्थित राष्ट्रिय नाच घरमा दुई दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ तौलसमूहमा प्रतिस्पर्धामा हुने आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पहिलो दिन प्रिजजिङ राउन्ड हुनेछ । 

हरेक तौलसमूहमा शीर्ष ५ स्थानमा रहने खेलाडी फाइनल चरणमा पुग्नेछन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार जित्नेछन् । हरेक तौलसमूहमा पहिलो हुने खेलाडीबीच पुनः मुख्य उपाधि ‘मिस्टर काठमाडौं’ का लागि प्रतिस्पर्धा गराइनेछ । सो उपाधि जित्नेलाई छुट्टै एक लाख नगदबाट पुरस्कृत गरिने छ । सोही अवधिमा दोस्रो महिला फिट्नेस प्रतियोगिता तथा प्रथम मिस्टर काठमाडौं जुनियर प्रतियोगिता पनि हुनेछ । 

महिलातर्फ खुला रहेको छ भने जुनियरमा यु–२१ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । दुवै विधामा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजारका दरले नगद पुरस्कार पाउने छन् ।