Date:2017/11/23 |Thursday

नेपाल छनोटबाट बाहिरियो

Posted on: September 09, 2017 | views: 75 |

हिमालय टाइम्स

काठमाडौं । आयोजक नेपाल पाँचौं एसियन यु–१६ पुरुष छनोट बास्केबल च्याम्पियनसिपबाट बाहिरिएको छ । 

च्याम्पियनसिपको दाबेदार भारतसँग आज १०६–३९ स्कोरमा पराजित हुँदै नेपाल एसियन कप छनोटबाट बाहिरिएको हो । लगातार दुई खेलमा पराजित भएसँगै नेपाल एसियन छनोट च्याम्प्यिनसिपबाट बाहिरिएको हो । बिहीबार बंगलादेशसँग तेस्रो क्वार्टरसम्म अग्रता लिएर अन्त्यमा नेपालले खेल गुमाएको थियो । नेपालले अब तेस्रो स्थानका लागि शनिबार माल्दिभ्ससँग खेल्नेछ । शारीरिकरूपमा बलियो टोली भारतसँग नेपाली युवा टोली सुरुवातदेखि नै दबाबमा परेको थियो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कवर्डहलमा शुक्रबार भएको समूह चरणको तेस्रो खेलमा नेपाल पहिलो क्वार्टरदेखि नै निकै पछि परेको थियो । पहिलो क्वार्टरमा २६–१२ ले पछि परेको नेपाल दोस्रो क्वार्टरमा २४–७, तेस्रो क्वार्टरमा ३२–१२ र निर्णायक तथा चौथो क्वार्टरमा २४–८ गरी समग्रमा १०६–३९ को स्कोरमा पराजित हुन पुग्यो । च्याम्पियसिपमा भारत एक्लो अपराजित टोली हो । भारतले यसअघि माल्दिभ्स र बंगलादेशलाई हराइसकेको छ भने भुटानसँग खेल्न बाँकी छ । दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको विजेताले एसियन च्याम्पियनसिपमा प्रवेश गर्नेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं