Date:2017/11/23 |Thursday

एपीएफ र मनाङ उपाधिका लागि भिड्ने

Posted on: September 10, 2017 | views: 70 |

हिमालय टाइम्स

चितवन । लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबले प्रथम ई प्लानेट जेसिस कपको उपाधिका लागि नेपाल एपीएफ क्लबसँग भेट पक्का गरेका छन् । नारायणगढ क्याम्पचौरमा शनिबार भएको दोस्रो सेमिफाइनलमा हेटांैडाको विजय युथ क्लबलाई २–० ले पराजित गर्दै एपीएफसँगको भेट पक्का गरेका हुन् । 

एपीएफले शुक्रबार सूदरपश्चिम ११ लाई ३–० ले पराजित गर्दै उपाधिनजिक प्रवेश गरिसकेको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, अधिकांश राष्ट्रिय खेलाडी सम्मिलित मनाङलाई विजय युथले दोस्रो हाफमा रोक्न सकेन । ५५ औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई अग्रता दिलाए । ५५ औं मिनेटमा अन्जन विष्टको कर्नरलाई विपक्षी गोलरक्षकले रिवाउण्डमा फालेपछि विमलले पोष्टको दिशा दिएका थिए । पहिलो गोल गरेपछि थप आक्रमक बनेको मनाङले ७८ औं मिनेटमा अग्रता दोब्बर पा¥यो । यसपटक सुजल श्रेष्ठले गोल गरे । 

सुजललाई पहिलो गोल गरेका विमले गोलको अवसर सिर्जना गरिदिएका थिए । त्यसपछि थप गाल निस्कन नसक्दा खेल मनाङले २–० ले आफ्नो पक्षमा पा¥यो । एक गोल गरेका र अर्काे गोललाई अवसर सिर्जना गरेका मनाङका विमल राना म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । फाइनल खेल भदौ २६ गते सोमबार हुने आयोजक नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुने टिमले नगद ३ लाख ५० हजार र ट्रफी तथा दोस्रो हुने टिमले नगद १ लाख ७५ हजार र ट्रफी पाउने छन् । प्रतियोगितामा १० टिम सहभागिता जनाएका थिए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं