20th February | 2018 | Tuesday | 6:54:02 PM

नेपालले थाइल्यान्डलाई दियो २८२ रनको लक्ष्य

  POSTED ON : Monday, 11 September, 2017 (12:54:08 PM)

नेपालले थाइल्यान्डलाई दियो २८२ रनको लक्ष्य

हिमालय टाइम्स । नेपालले एसिसी यु–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा थाइल्यान्डलाई २८२ रनको लक्ष्य दिएको छ ।
 मलेसियाको क्लम अमन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित ५० ओभरमा ७ विकेट गुमाउँदै २८१ रन बनाया े।
नेपालका लागि अनिल कुमार साहले सर्वा्धिक ९१ रन बनाए ।
यस्तै प्रनित थापा मगरले अर्धशकत पुरा गरे । ६१ बलको सामना गरेका उनले तीन चौका र एक छक्कासहित ५० रन बनाए ।
सन्दिप सुनारले ३२, रोहितकुमार पौडेलले २८, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले २२ र आसिफ शेखले २१ रन बनाए । किशोर महतो २ रनमा अविजित रहे ।
अहिले थाइल्यान्डले ब्याटिङ गर्दैछ ।