Date:2017/11/23 |Thursday

शंखमूललाई एन्फा फुटसल लिग

Posted on: September 11, 2017 | views: 58 |

हिमालय टाइम्स

काठमाडौं । शंखमूल फुटसल एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको च्याम्पियन बनेको छ । 

बासँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा आइतबार भएको फाइनलमा एक्सटेप किक अफ फुटसललाई ५–४ को साँघुरो अन्तरले पराजित गर्र्दै शंखमूल एन्फा रेडबुल फुटसल लिगको च्याम्पियन बनेको हो । शखंमूलको जितमा सुरज राउतले दुई, अभय राना, अनिष श्रेष्ठ र निर्मल गुरुङले समान एक–एक गोल गरे । किक अफका सुमन डंगोलले दुई, मनि लामा र राजिन पाण्डेले समान एक–एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता भने किक अफले लिएको थियो । १५ औं मिनेटमा किक अफका सुमन डंगोलले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि सुरज राउतले गोल गर्दै खेललाई बराबरीमा ल्याए । २० औं मिनेटमा अभय रानाले गोल गर्दा पहिलो हाफमा शंखमूलले २–१ को अग्रता बनायो । दोस्रो हाफको सुरुमै शंखमूलले लगातार दुई गोल गर्दा खेल ४–१ को अवस्थामा पुगेको थियो । २१ औं मिनेटमा सुरज राउतले व्यक्तिगत दोस्रो गोल गर्दा २१ औं मिनेटमा शंखमूलका गोलरक्षक अनिष श्रेष्ठले दर्शनीय गोल गरेको थियो । मनि लामाले २३ औं मिनेटमा एक गोल गर्दै अग्रता ४–२ मा झा¥यो । २९ औं मिनेटमा सुमनले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्दा किक अफले खेललाई ३–४ को स्थितिमा ल्याएका थिए । ३६ औं मिनेटमा शंखमूलका निर्मल गुरुङले गोल गरेपछि खेल शंखमूलले आफ्नो पक्षमा पा¥यो । ४० औं मिनेटमा राजिन पाण्डेले गोल गरे पनि त्यो खेलमा फर्कन ढिला भएको थियो । 

च्याम्पियन बनेसँगै शंखमूलले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको किक अफले २ लाख ५० हजारमा चित्त बुझायो । यस्तै व्यक्तिगत विधातर्फ शंखमूलका सुरज राउत उत्कृष्ट खेलाडी, शंखमूलकै अनिष श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्ट प्रशिक्षकको उपाधि पनि शंखमूलकै प्रकाश परियारले हात पारे । किक अफका राज शाही उत्कृष्ट डिफेन्डर चुनिँदा सामाखुशी फुटसलका विनोद गुरुङ उदियमान खेलाडी घोषित भए । सबै उत्कृष्टहरुले जनही २०–२० हजार प्राप्त गरे । विजयी टिम र खेलाडीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठ, फुटसल कमिटीका अध्यक्ष रमेश रायमाझी, महासचिव धिरेन्द्र प्रधान, सिइओ इन्द्रमान तुलाधर, टर्न पाइकका प्रतिनिधि र एपिवान टेलिभिजनका प्रतिनिधिले पुरस्कृृत गरे ।

भदौ १५ गतेदेखि २५ गतेसम्म भएको फुटसल च्याम्पियनसिपमा काठमाडौंका १६ फुटसल टिमले सहभागिता जनाएको थियो । च्याम्पियनसिपका सबै खेल एरिना फुटसल बौद्ध र चौर रिक्रिएसन सेन्टर बाँसबारीमा भएका थिए । 

नेपालले अक्टोबर १३ देखि २२ तारिखसम्म इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउने प्रतियोगिताको खेलाडी छनोटको रूपमा रहेको थिए । एन्फा फुटसल कमिटीका अध्यक्ष रमेश रायमाझीले केही दिनमै खेलाडी छनोट गरिने जानकारी गराए । 

हेरिएको प्रतियोगितामा विभिन्न १६ टिमले सहभागिता जनाउनेछ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागिता जनाएका १६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । रेडबुल राष्ट्रिय फुटसल लिग च्याम्पियनसिप आयोजना गर्न फुटसल समितिले इभेन्ट म्यानेजमेन्ट कम्पनी टर्नपाइक इभेन्ट प्रालिसँग पाँचवर्षे सम्झौता गरेको थियो । सम्झौताअनुसार टर्नपाइकले एन्फालाई ५ वर्षमा १ करोड ५० लाख नगद उपलब्ध गराउनेछ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं