Date:2017/11/25 |Saturday

पारा पौडीमा लक्ष्मी च्याम्पियन

Posted on: September 12, 2017 | views: 58 |

हिमालय टाइम्स

काठमाडौं । पारा ओलम्पियन लक्ष्मी कुँवर सोमबार भएको प्रथम सुरेन्द्र स्मृत पारा पौडी प्रतियोगिताको ५० मिटर स्पाइनल इन्जोरतर्फको इभेन्टमा स्वर्ण पदक जितेकी छन् । उनी रियो पारालिम्पिकमा सहभागी खेलाडी हुन् । उनले ५० मिटर दूरी १ मिनेट १३ दशमलव ९७ सेकेण्डमा पार गरेकी थिइन् । हृवीलचियर प्रयोग गर्नेहरुको सो स्पर्धामा सोनिया दाहालले १ मिटर १८ दशलमव २१ सेकेन्ड दूरी पार गर्दै दोस्रो भइन् ।  अनु राईले १ मिटर २८ दशमल २२ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थानमा चित्त बुझाइन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा भएको सो प्रतियोगिताको पुरुषको ५० मिटर स्पाइनलमा अक्कल तामाङ प्रथम भए । उनले ५८ दशलमव ७८ सेकेन्डमा दूरी पूरा गरे । दीपक तामाङले १ मिटेर १२ दशमल ८९ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो स्थान कब्जा जमाए ।  रमा तामाङ तेस्रो भए । उनले १ मिनेट ३५ दशमलव ९७ सेकेन्डमा दूरी पूरा गरे । नेपालमा यसअघि पारा पौडी प्रतियोगिता २५ मिटरमा मात्र गराइँदै आएकोमा पहिलोपटक ५० मिटरमा स्पर्धा गराइएको राष्ट्रिय पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले बताए । प्रतियोगितामा दुई दर्जन खेलाडीको सहभागिता रहेको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं