Date:2017/09/23 |Saturday

७ विकेटले सिंगापुरलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

Posted on: September 14, 2017 | views: 40 |

हिमालय टाइम्स । नेपालले मलेसियामा जारी एसिसी यू १९ क्रिकेट प्रतियोगिता अन्तर्गत लगातार तेस्रो जित निकालेको छ ।
नेपाली युवा टोलीले आज समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले हराएको हो। अन्तिम चारमा यसअघि नै पुगेको नेपाल यो जितपछि समूह विजेता बनेको छ । सिंगापुर पनि यसअघि नै अघिल्लो चरण पुगिसकेको छ ।
६८ रनको लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर जित हासिल गरेको थियो । नेपालका लागि ओपनर सन्दीप सुनारले २०, अनिलकुमार शाहले १८ रन जोडे । अर्का ओपनर आसिफ शेख ६ रनमा आउट भए । सुमित महर्जन १० र सन्दीप जोरा ७ रनमा अविजित रहँदा नेपालले जित हासिल गरेको थियो । आसिफ र अनिलको विकेट अभि दिक्षितले लिएका थिए ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं