Date:2017/12/17 |Sunday

इन्डो–नेपाल तेक्वान्दो सुरु

Posted on: September 25, 2017 | views: 46 |

हिमालय टाइम्स

काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ नेपालको सहयोग तथा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स एकेडेमी नेपालको आयोजनामा इन्डो–नेपाल तेक्वान्दो प्रतियोगिता आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशवकुमार विष्टले जुरी राजेश लामालाई खेल सामग्री हस्तान्तरण गरी उद्घाटन गरे । दुईदिने प्रतियोगितामा विभिन्न २२ स्पर्धामा १ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक राकेशकुमार राईले जनाएका छन् । कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष शिव कोइराला र महासचिव राजकुमार कार्कीले प्रतियोगिताको महŒवबारे प्रकाश गरेका थिए । उद्घाटनका अवसरमा अमेरिकाबाट आएका ग्रान्ड मास्टर अमिर श्रेष्ठ, तेक्वान्दो वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं