22nd July | 2018 | Sunday | 10:27:15 PM

राष्ट्रिय फुटसल टिमको घोषणा

  POSTED ON : Sunday, 08 October, 2017 (5:24:22 PM)

राष्ट्रिय फुटसल टिमको घोषणा

हिमालय टाइम्स

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल कमिटिले १४ सदस्यीय राष्ट्रिय फुटसल टिमको घोषणा गरेको छ । 

फुटसल कमिटिले भदौमा सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीबाट अन्तिम १४ खेलाडीको घोषणा गरेको हो । १४ सदस्यीय खेलाडीको छनोट तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले गरेका हुन् । नेपालले फुटसल इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको औपचारिक फुटसल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । इरानमा अक्टोबर १३ बाट २२ सम्म हुने फुटसल च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा उज्बेकिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तान रहेको छ । उज्बेकिस्तान प्रतियोगिताको साविक उपविजेता हो भने किर्गिस्तानले यसअघिको संस्करणमा अन्तिम चरणमा प्रवेश गरेको थियो । नेपालले १५ अक्टोबरमा उज्बेकिस्तानसँग खेल्नेछ भने त्यसको भोलिपल्ट किर्गिस्तानको सामना गर्नेछ। समूहको अन्तिम खेल अन्तर्गत १७ अक्टोबरमा नेपालले तुर्कमेनिस्तानसँग खेल्नेछ । समूह चरणको विजेता र उपविजेताले प्रतियोगिता अन्तिम चरणमा प्रवेश पाउनेछ । प्रतियोगिताको अन्तिम चरण २०१८ फेब्रुअरीमा हुनेछ । छनोट भएका खेलाडीहरुमा अनिष श्रेष्ठ, सुमित आले गोलरक्षक, सौरभ थापामगर, राज शाही र  अमित तामाङ डिफेन्डर, सुसन श्रेष्ठ, अरुज सिंह, नवीन लामा, विनोद गुरुङ, मनि लामा र अभय राना मिडफिल्ड तथा सन्जोग महर्जन, निर्मल गुरुङ र सुरज राउत फरवार्ड रहेका छन् । नेपाली टिमको प्रशिक्षण लिंकन स्कुलको इन्डोर हलमा भैरहेको  छ ।