20th September | 2018 | Thursday | 3:15:46 PM

मेसीको ह्याट्रिक गोलसँगै अर्जेन्टिना विश्वकप छनोट

  POSTED ON : Wednesday, 11 October, 2017 (10:44:31 AM)

मेसीको ह्याट्रिक गोलसँगै अर्जेन्टिना विश्वकप छनोट

हिमालय टाइम्स । विश्वलाई चासो भएको विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जे्न्टिनाले ३–१ ले इक्वेडरलाई पराजित गरेको छ।
मेसीले ह्याट्रिक गोल गर्दै अर्जे्न्टिनालाई विश्वकपमा छनोट गराए। इक्वेइडरले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको नतिजालाई उल्ट्याउँदै उनले १२, २० र ६२ मिनेटमा गोल गरे ।
इक्वेडरका इबाराले गोल गरेका थिए। यो नतिजापछि अर्जे्न्टिना २८ अंक बटुल्दै समूहमा तेस्रो भएर विश्व कपका लागि छनोट भएको हो। अर्जे्न्टिनाभन्दा माथि ब्राजिलले ४१ र उरुग्वेले ३१ अंक बटुल्यो।
यसअघिका छनोट खेलहरुमा बोलिभियालाई २–० गोलले पराजित गरेपछि अर्जे्न्टिना लगातार तीन खेलमा बराबरीमा रोकियो । जसमा अर्जे्न्टिनाले उरुग्वे र पेरुसँग गोलरहित बराबरी खेलेको थियो। भेनेजुएलासँग पनि अर्जे्न्टिना १–१ गोलको बराबारीमा रोकिएको थियो। चौथो तथा निर्णायक खेलमा मेसी नायक बनेपछि अर्जे्न्टिनाले जित निकालेर विश्वकपमा स्थान बनायो ।


Views: 73