Date:2017/10/20 |Friday

खुल्ला भलिबल प्रतियोगिताको उपाधि दुर्गा पुजा समिति सेमरालाई

Posted on: October 11, 2017 | views: 42 | चन्द्रकान्त खनाल

रुपन्देही । नमुना युवा क्लव तिलोत्तमा ७ सेमरा बजारको आयोजनामा जारी पाँचौं खुल्ला नकआउट भलिबल प्रतियोगिता २०७४ को उपाधि दुर्गा पुजा समिति सेमराले हात पारेको छ । 

सेमरा मा.वि. को खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा चौधरी ब्रदर्श भलिबल क्लव फर्सा्टिकरलाई  २५र२०, २५र१९ र २५र१९ को सोझो सेटमा हराउदै दुर्गा पुजा समिति सेमरागाँउले नगद रू ५० हजार आफ्नो पोल्टोमा पारेको छ । 

 चौधरी ब्रदर्श भलिबल क्लव फर्सा्टिकरले दोस्रो स्थानमा चित्त बुझाएर नगद रू २५ हजार हात पार्यो भने मणिमुकुन्द भलिबल क्लवले तेस्रो र पशुपति भलिबल ग्रुपले चौथों स्थान हात पार्दै नगद रू १५ हजार र ७ हजार एंव शिल्ड र प्रमाण पत्र हात पारे । 

प्रतियोगितामा बिजेता टोली दुर्गा पुजा समितिका सुनिल चौधरी बेष्ट सेंटर घोषित भए भने दुर्गा पुजा कै जयदीप चौधरी बेष्ट ब्लकर, मणिमुकुन्दका मिलन राना बेष्ट डिफÞेण्डर, चौधरी ब्रदर्शका हेमन्त चौधरी बेष्ट स्पाइकर र दुर्गा पुजा कै धर्मु चौधरी बेष्ट प्लेयर घोषित भएको खेल संयोजक सुधीर रानाले जानकारी दिए ।

क्लवका अध्यक्ष बलीराम मालीको अध्यक्षता एंव चित्र बहादुर गुरूगं र सुमित्रा गुरूगंको बिशिष्ट आतिथ्य रहेको समापन कार्यक्रम बोल्दै बक्ताहरूले सबैको साथ र सहयोगमा प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको भन्दै आगामी दिनमा पनि यी र यस्तै प्रतियोगिता ल्याइने अठोट व्यक्त गरे ।

 सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नमुना क्लवले आयोजना गरेको भलिबल प्रतियोगिता नगरपालिका कै शान भएको भन्दै रूपन्देही कै समग्र खेलकुद गतिविधिमा कोशे ढुगां सावित भएको बताए । 

साथै उनले आगामी दिनमा क्लवले गर्ने जुनसुकै सामाजिक कार्यमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । क्लवका उपाध्यक्ष दिल बहादुर गुरूगंको स्वागत एंव क्लवका सल्लाहकार शंकर गुरूगंले प्रतियोगिताको उद्देश्य र भावी योजनावारे बोल्नुभएको समापन कार्यक्रमको सञ्चालन लीलाधर पाण्डेले गरे ।

 ३ दिनसम्म चलेको प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरि कुल १२ टोलीको सहभागिता रहेको थियो भने प्रतियोगिता सन्चालनमा कÞरीब ५ लाख खÞर्च भएको थियो ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं