Date:2017/10/20 |Friday

रोबेनको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

Posted on: October 12, 2017 | views: 35 |

एजेन्सी

आर्मस्टडम । डच फुटबलका आइकन खेलाडी आर्जेन रोबेनले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सन्यासको घोषणासँगै विङ्र रोवेनले सन्यासको यो उपयुक्त समय रहेको बताएका छन् । ‘यो सन्यास लिने उपयुक्त समय हो । मलाई थाहा थियो यो मेरो अन्तिम खेल हो तर, यो त्यति सहज थिएन’, सन्यासपछि रावेनले भने, ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्ने यो उपयुक्त समय हो । मैले जितसहित आफ्नो अन्तर्राष्ट्रिय करियरलाई बिदाइ गरेको छु ।’ 

३३ वर्षीय रोवेनले मंगलबार राति विश्वकप छनोटको अन्तिम खेलमा उनकै दुई गोल मद्धतमा नेदरल्याण्डले स्विडेनलाई २–० ले पराजित गरेपनि पनि नेदरल्याण्ड विश्वकपमा छनोट हुन असफल भएको थियो । रोवेनको १४ वर्षे अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय खेल जीवन उतारचढावपूर्ण बनेको थियो । 

रोवेनले ९६ अन्तर्राष्ट्रिय खेलबाट ३७ गोल गरेका छन् भने २९ गोलको लागि सहायता गरेका छन् । रोवेनले तीन विश्वकप र तीन युरोकप खेलिसकेका छन् । रोवेनकै उच्च प्रदर्शनमा नेदरल्याण्ड सन् २०१० को विश्वकपमा फाइनलसम्म पुग्न सफल भएको थियो । त्यतिबेला नेदरल्याण्ड स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । 



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं