Date:2017/12/14 |Thursday

हङकङविरुद्ध नेपाल तयार

Posted on: October 12, 2017 | views: 66 |

हिमालय टाइम्स

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत हङकङविरुद्ध खेल्न नेपाली टोली तयार भएको छ । नेपाल र हङकङबीचको पहिलो खेल शुक्रबार बिहान तिन क्वोङ रोड रिक्रिएसन मैदान मोङ हकमा हुनेछ । अर्काे खेल सोही मैदानमा आइतबार हुनेछ । एक दिवसीय विश्वकपमा स्थान बनाउनको लागि दुवै टिमलाई दुवै खेल उत्तिकै महŒवपूर्ण छ । 

च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक जोडेको छ । नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई दुवै खेलमा पराजित गर्नैपर्ने हुन्छ । त्यसपछि नेपालले आफ्नो अन्तिम खेल युएईलाई समेत हराउनुपर्ने हुन्छ । च्याम्पियनसिपमा हङकङ पाँचौ स्थानमा रहेको छ । हङकङको १० खेलबाट ११ अंक रहेको छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड र चौथोमा केन्या रहेका छन् । हङकङसँगको खेलका लागि नेपाली टिमले भारतको चेन्नईमा अन्तिम तयारी गरेको थियो ।

नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटाले हङकङविरुद्धको दुवै खेल विश्वकपमा स्थान बनाउन निकै नै महŒवपूर्ण रहेको बताएका छन् । प्रशिक्षक टमाटाले टिम हङकङ प्रस्थान गर्नु अघि नै हङकङविरुद्धको दुई खेल खेलाडीहरूको भविष्यसँग जोडिएको बताएका थिए । ‘हामीले दुई महŒवपूर्ण खेलका लागि एक महिनाको प्रशिक्षण गरेका छौं । हङकङसँग खेल्न टिमलाई कुनै दबाब छैन’, प्रशिक्षक टमाटाले भने, ‘सानो मैदान भएपनि हामीले सानो मैदानको कन्डिसनलाई दुई दिन प्रशिक्षण गरेर पूरा गरेका छौं । हङकङमा खेल्नको लागि एबीसी प्लानिङ रहेको र राम्रोभन्दा राम्रो क्रिकेट खेल्ने प्रयास गर्नेछौं ।’ 

यस्तै टिमका कप्तान पारस खड्काले तयारी राम्रो रहेकाले हङकङलाई पराजित गर्न सकिने बताएका छन् । ‘हङकङविरुद्धको खेलका लागि हामीले राम्रो तयारी र मिहिनेत गरेका छौं । तयारीबाट खुशी छौं । आशा छ नतिजा हाम्रै पक्षमा आउनेछ’, कप्तान खड्काले भने । नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङविरुद्धको दुई खेलका लागि मंगलबार हङकङ प्रस्थान गरेको थियो । नेदरल्याण्ड र पपुवा न्यूगिनीले विश्वकपमा स्थान बनाइसकेका छन् भने नामिविया र युएई रेलिगेसनमा झरेको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं