Date:2017/12/14 |Thursday

विराटनगर भलिबलमा पहिलो

Posted on: October 13, 2017 | views: 30 |

हिमालय टाइम्स

काठमाडौं । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर ६२ औं नेपाल प्रहरी दिवसको अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगितामा पहिलो भएको छ ।

महाराजगञ्जस्थित नेपाल पुलिस एकेडेमीको खेल मैदानमा बिहीबार भएको फाइनलमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको टिमलाई ३–१ को सोझो सेटमा पराजित गर्दै विराटनगर पहिलो भएको हो । विराटनगरले हेटौंडामाथि २९–३१, २५–२१, २५–१५ र २५–१६ को जित निकाल्यो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २९–३१ ले गुमाएको विराटनगरले त्यसपछिको तीनै सेट विराटनगरले सहजै आफ्नो पक्षमा पा¥यो । 

विजयी बनेको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले ५० हजार नगदसहित शिल्ड प्राप्त ग¥यो । दोस्रो भएको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले ३५ हजारसहित शिल्ड प्राप्त ग¥यो । विजेता टिमलाई संगठन प्रमुख तथा आइजीपी प्रकाश अर्यालले पुरस्कृत गरे । दोस्रो भएको टिमलाई नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव देवेन्द्र सुवेदीले पुरस्कृत गरे । 

विराटनगरका गोविन्दा पराजुली प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे । यस्तै हैटौंडाका विनोद शाह वेष्ट स्पाइकर, नैनाराम आलेमगर वेष्ट ब्लकर, राजिन रासकोटी वेष्ट सर्भर घोषित हुँदा विराटनगरका भीम मगर वेष्ट डिफेन्डर र विपिन पोखरेल वेष्ट लिफ्टर घोषित भए । उनीहरूले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । 

सोही अवसरमा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले भलिबलमा नेपाल पुलिस क्लबलले अतुलनीय योगदान गरेको भन्दै १० भलिबल हस्तान्तरण गरे । महासचिव चन्दले १० थान भलिबल भलिबलका पूर्वराष्ट्रिय खेलाडी भरत शाहलाई हस्तान्तरण गरे । 

लिगकम नक आउटका आधारमा असोज २२ गतेबाट सुरु भएको प्रतियोगितामा सात प्रदेशका सात प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग रानीपोखरीको सहभागिता रहेको थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं