14th December | 2018 | Friday | 1:43:49 AM

एनभिए जापान भलिबलका अध्यक्षमा नवीन

  POSTED ON : Friday, 10 November, 2017 (5:15:00 PM)

एनभिए जापान भलिबलका अध्यक्षमा नवीन

हिमालय टाइम्स

काठमाडौं । नेपाली भलिबल टिमका पूर्वखेलाडी, प्रशिक्षक तथा व्यवस्थापक नवीन गुरुङ नेपाल भलिबल संघ (एनभिए) जापान सम्पर्क समितिको अध्यक्ष नियुक्ती भएका छन् । 

भलिबल संघ जापानको अध्यक्षमा नियुक्ति भएका नवीन गुरुङलाई नेपाल भलिबल संघका केन्द्रीय अध्यक्ष मनोरन्जन रमण शर्माले बिहीबार प्रमाण पत्र हस्तान्तरण गरेका छन् ।नेपाल भलिबल संघको बिधानको दफा २६ अनुसार पूर्वखेलाडी हाल जापान निवासी नवीनको अध्यक्षमा १३ सदस्य तदर्थ नेपाल भलिबल जापान सम्पर्क समिति गठन गरिएको हो । 

सम्पर्क समितिको बरिष्ठ उपाध्यक्ष लोकेश खत्री, उपाध्यक्षमा मदन साउद, महासचिव मुक्ति सुवेदी, सचिवमा बविन थापा र कोषाध्यक्षमा दिपेश खत्री रहेका छन् । त्यसै गरी सदस्यहरूमा भिक्टोर ठाडा मगर, हितु थापा, महेन्द्र साहानी, राम मल्ल, राम लामिछाने, कमल थापा र प्रकाश चन्द जोशी रहेका छन् । विधान अनुसार अध्यक्ष गुरुङले राजु बस्नेत, जीवन खड्का र कमला काप्री र कविता लामिछानेलाई सदस्यमा मनोनयन गरेका छन् । 

प्रमाण–पत्र हस्तान्तरण कार्यक्रममा अध्यक्ष गुरुङले नेपाल भलिबल संघलाई नगद ४० हजार सहयोग हस्तान्तरण गरेको छन् । यस अघि गुरुङले नेपालमा सम्पन्न भएको आमन्त्रित नेपाल बंगलादेश मैत्रीपूर्ण खेलका लागि नगद ५० हजार सहयोग गरेका थिए । नगद तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रममा नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, सचिव जगदिस भट्ट, सदस्यद्वय टेकराज भण्डारी र रीता कोइरालालगायतको उपस्थिति रहेको थियो ।


Views: 72