Date:2017/11/25 |Saturday

अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको तयारी पूरा

Posted on: November 11, 2017 | views: 18 |

हिमालय टाइम्स

काठमाडौं । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । 

आयोजक नेपाल रिङ रेस्लिङ संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कवर्ड हलमा शनिबार हुदैछ । यस्तै दोस्रो खेल इटहरीको ठुलो जनता माविमा कात्र्तिक २७ गते सोमबार हुदैछ । 

प्रतियोगितामा नेपाल सहित ८ देशका रेस्लरहरुको सहभागिता रहने संघकी अध्यक्ष सुनिता थापाले जानकारी गराइन् । प्रतियोगितामा आयोजक नेपालसहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, रसिया, चेक रिपब्लिक र भारत गरी आठ राष्ट्रका रेस्लरहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालका आठ रेस्लरहरुले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष सुनिता थापाले जानकारी गराईन् । विदेशबाट ७ पुरुष र २ महिलाको सहभागिता रहनेछ । 

उनीहरुले सात इभेन्ट (ह्याण्डीकयाप, ट्याग टिम, रोयल ब्याटल, हार्ड कोर, जोडी म्याच, सिंगल्स र त्रिपल थ्रेट म्याच) मा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा अमेरिकाका प्रोःरेस्लिङ गेमर, सिंगापुरका दी युरासियन ड्रागन, अष्ट्रेलियाका वामबाम बेलोज, मलेसियाका द बुचरम्यान तथा भारतका दिलदार सिंह, निल र माक्सम्यानले विदेशी खेलाडीका रुपमा प्रतिस्पर्धा गर्नेछन् । नेपालका तर्फबाट नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साइन र टुप्पी ग्याङ रेस्लरहरुले सहभागिता जनाउने छन् । प्रतियोगिता खेल्न अन्तर्राष्ट्रिय महिला रेस्लरहरु पनि आउने पक्का भएको संघकी अध्यक्ष थापाले बताइन् । रसियाकी मेफिस्तो र चेक रिपब्लिककी रोमानाले अन्तर्राष्ट्रिय महिला खेलाडीका रुपमा तथा नेपालका सोफी र दिलासाले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगिता सञ्चालनमा झन्डै झन्डै ५५ लाख रुपैयाँ खर्च संघको अनुमान छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं