20th September | 2018 | Thursday | 10:17:54 AM

सिभिल बैंक च्याम्पियन

  POSTED ON : Sunday, 12 November, 2017 (1:46:47 PM)

सिभिल बैंक च्याम्पियन

हिमालय टाइम्स

काठमाडौं । सिभिल बैंक चौथो सस्करणको सेञ्चुरी बैंक कर्पाेरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सिभिल बैंकले आइसीएफसी फाइनान्समाथि ३ रनको रोमाञ्चक जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । 

८१ रनको लक्ष्य पछ्याएको आइसीएफसीले निर्धारित ५ ओभरमा ६ विकेट गुमाएर ७७ रनमात्र बनाउन सक्यो । आइसीएफसीका लागि सागर निधि तिवारीले २५, अरविन रानाले २१ तथा समिर थापाले १५ रन बनाएपनि टिमलाई जित दिलाउन सकेन । सिभिल बैंकका निशेष केसी र भोला विष्टले समान २–२ विकेट लिए । राजन खड्कीले एक विकेट आफ्नो नाममा लेखाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिभिल बैंकले निधाएरित ५ ओभरमा ३ विकेट गुमाएर ८० रन बनायो । सिभिलका लागि भोला विष्टले २३ रन बनाए । मनिष सिंह १९ तथा निशेष केसी १४ रनमा अविजित रहे । आइसीएफसीका रिमेश रेग्मीले एक विकेट हात पारे । 

सिभिल बैंकले सेञ्चुरी कैंकलाई तथा आइसीएफसीले एन आइसी एसिया बैंकलाई पराजित गर्दै फाइनमा स्थान पक्का गरेका थिए । सेञ्चुरी बैकका सुरज तिमल्सिना म्यान अफ दि सिरिज घोषित भए । आइसीएफसीका अरविन राना बेष्ट ब्याट्सम्यान, सिभिल बैंकका भोला विष्ट बेष्ट बलर, सेञ्चुरीका सुवास शर्मा बेष्ट विकेट किपर, सेञ्चुरीकै केशर रावल बेष्ट फिल्डर र सेञ्चुरी बैंककै सुरज तिमल्सिना प्रतियोगिता सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी घोषित भए । कात्तिक २१ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न २४ कर्पाेरेट हाउसहरूले सहभागिता जनाएका थिए । 


Views: 44