18th June | 2018 | Monday | 6:44:45 PM

मलेसिया ८ विकेटले पराजित

  POSTED ON : Tuesday, 14 November, 2017 (2:03:43 PM)

मलेसिया ८ विकेटले पराजित

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेटमा आयोजक मलेसियालाई नेपालले ८ विकेटले पारजित गरेको छ  । ४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको छ । 

नेपालका लागि ओपनर अनिल कुमार साहले नटआउट २६ रनको योगदान दिए । १५ बल खेलेका उनले तीन छक्का र एक चौकासहित २६ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले २ छक्कासहित १२ रन बनाए । ३ बल खेलेका ऐरी मोहम्मद हाफिजको हातबाट क्याच आउट भए । 

वर्षाले प्रभावित भएर २४ ओभरमा छोट्याइएको खेलमा सन्दिप लामिछाने ५ विकेट लिएपछि मलेसिया १५. ३ ओभरमा सबै विकेट गुमाएर ४५ रनमा समेटिएको थियो ।

नेपालका  लागि सन्दिप लामिछानेले ४.३ ओभर बलिङ गर्दै ८ रन खर्चिएर ५ विकेट लिए । यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी र साहब आलमले २÷२ र अनिलकुमार साहले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली मलेसियाका लागि सैफ उल्लाह मल्लिकले १३ आजिद सायद मुबारकले १२ रना बनाउनु बाहेक अन्यले दोहोरो अङक छुन सकेनन् । ५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो ।