18th January | 2018 | Thursday | 2:02:37 PM

नेपाल एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

  POSTED ON : 2017-11-14 10:18:58

नेपाल एशिया कपको सेमिफाइनलमा, भारत बाहिरियो

काठमाडौं । एसीसी यू–१९ युथ एशिया कप क्रिकेटको समूह चरणमा बंगलादेशले भारतलाई ८ विकेटले हराएपछि नेपाल समूह उपबिजेता हुँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । यू–१९ क्रिकेटमा नेपाल एशिया कपको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।

भारतले निर्धारित ३२ ओभरको खेलमा ८ विकेट गुमाउँदै १८७ रन बनाएका थियो । डिएल नियम अनुसार ३२ ओभरमा १९० रनको नयाँ लक्ष्य पाएको बंगलादेशले खेल सकिन २४ बल बाँकी रहदा ८ विकेटले विजयी भयो । बंगलादेशका लागि पिनाक घोषले सर्वाधिक ८१ रन बनाए । वर्षाका कारण खेल प्रभावित भएपछि खेल ३२ ओभरको मात्र खेलाइएको थियो ।

यो हार सँगै तीन पटकको च्याम्पियन भारत लगातार दुई खेल नेपाल र बंगलादेशसँग पराजित भएपछि समूहचरणबाट बाहिरिएको छ ।